
नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । गैर आवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति जोहोरले आयोजना मलेसियामा गरेको तीज विशेष कार्यक्रममा नेपाली छमछमी नाचेका छन् । मलेशियाको जोहोर राज्यमा रहनुभएका दिदिबहिनीलाई माइतीको आभास दिने हेतुले आयोजना गरिएको तीज विशेष तथा शुभकामना आदानप्रदान साथै दर खाने कार्यक्रम संघकी अध्यक्ष वेदना श्रेष्ठ को सभापतित्वमा सम्पन्न भएको हो । समारोहका प्रमुख अतिथि एनआरएनए राष्ट्रिय समन्वय परिषद्, मलेशियाका प्रथम उपाध्यक्ष राकेश प्रसाद महत्तो विशिष्ट अतिथि एनआरएनए मलेशियाका युवा उपाध्यक्ष नारायण अधिकारी, संघका पूर्व अध्यक्ष मिम बहादुर गुरुङ , हरि बहादुर बस्नेत रहनुभएको थियो । अतिथिमा सुदूर पश्चिमेली सेवा समाज, क्षेत्रीय समिति जोहोरका अध्यक्ष तिलक चन्द ठकुरी ,किरात याक्थुम चुम्लुङ जोहोरका अध्यक्ष हेमराज योङ्हाङ , किरात राई यायोख्खा शाखा जोहोरकी सहकोषाध्यक्ष शशिकला राई , व्यवसायी पूर्ण श्रेष्ठ, श्रमिक अगुवा तथा प्रमुख सल्लाहकार रमेश मल्ल, समाजसेवी सपना गुरुङ लगायत को उपस्थिति रहेको थियो ।
कार्यक्रममा एनआरएनए मलेशियाका उपस्थित नवनिर्वाचित पदाधिकारीलाई क्षेत्रीय समिति जोहोरका तर्फबाट सम्मान समेत गरिएको थियो ।संघकी सहकोषाध्यक्ष समिता राई ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा तीजको शुभकामना आदानप्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन संघका सचिब छविलाल गिरीले गर्नुभएको थियो ।शुभकामना आदानप्रदान पश्चात् उपस्थित दाजुभाइ तथा दिदिबहिनीलाई दरका विभिन्न परिकार (दर) खानपान गराइएको थियो । साथैस्थानीय कलाकार तथा नेपाली दिदीबहिनीको बेजोड तीज साङ्गितिक प्रस्तुतिले कार्यक्रम अझ मनोरञ्जनात्मक बनेको थियो ।