
नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको महिला विभाग र नेपाली महिला समाज कतारको समन्वयमा कतारमा स्थापित विभिन्न ५७ वटा संघसंस्थाको संयुक्त आयोजनामा नेपाली नारीको महान पर्व हरितालीका (तीज)को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । विदेशको भूमिमा स्वदेशको झल्को दिएको कार्यक्रममा तीज गीतमा नाचगान सहित भरपुर मनोरन्जन दिइएको थियो । समारोहमा कतारवासी नेपालीको उल्लेखनीय उपस्थिति रहेको थियो ।