शुक्रबार, फाल्गुन ८, २०८२ | February 20, 2026

साउदी अरेबियास्थित जिजान अभा खामिसमा नेपालको सम्झना गर्दै मनाइयो तीज

साउदी अरेबियास्थित जिजान अभा खामिसमा नेपालको सम्झना गर्दै मनाइयो तीज

  • Naveen Sanchar

  • शनिबार, भदौ ३०, २०८०

  • 416
    Views
साउदी अरेबियास्थित जिजान अभा खामिसमा नेपालको सम्झना गर्दै मनाइयो तीज

नवीनसञ्चार सम्वाददाता
साउदी अरब । नेपाली सस्कृतिको संरक्षण, स्वदेशमा मनाइने चाडपर्वको सम्झना गर्दै महिलाको भावनाको कदर तथा नारी सशक्तीकरणको सन्देश दिन साउदी अरबका विभिन्न स्थानका नेपालीले यसवर्ष भव्यताका साथ सार्वजनिक कार्यक्रम आयोजना गरी तीज मनाउनु भएको छ । गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति, जिजान अभा खामिसले नेपाली महिलाको महान पर्व तीजको अवसरमा साउदी अरेबियाको अभा खामिश मा रमाइलो कार्यक्रम आयोजना गरेको छ । समारोहमा स्थानीय नेपाली कालाकारले गीतसङ्गीत र नृत्य प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा करीब दुई सय नेपाली दाजुभाइ दिदीबहिनी, स्थानीय कलाकार ,सञ्चारकर्मी , सामाजिक अभियान्ता, बुद्बिजीवी तथा एनआरएन आरसीसी, जिजान अभा खामिसका पदाधिकारीको उल्लेखनीय उपस्थिति रहेको थियो। एनआरएनए, क्षेत्रीय समन्वय समितिका अध्यक्ष शंकर पौडेलको सभापतित्वमा सम्पन्न समारोहमा नेपाली महावाणिज्यदूतावास जेद्दाका वाणिज्य दूत भुवन पौडेल र एनआरएनए राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष रविना अर्यालले अनलाइनमार्फत तीजको शुभकामना दिनुभएको थियो । त्यसैगरी राष्ट्रिय परिषदका उपाध्यक्ष कृष्ण कुमार श्रेष्ठले पनि कार्यक्रममा उपस्थिति जनार्इ शुभकामना प्रकट गर्नु भएको थियो । समारोहमा स्थानीय संंस्था अल जजिरा कम्पनीको सगरमाथा प्रवासी नेपाली सङ्घका अध्यक्ष, भातृ संघका अध्यक्ष लगायत अन्य पदाधिकारीले सहभागिता जनाउनु भएको थियो ।
कार्यक्रम आयोजनाका लागि नेपाली गोर्खा रेस्टुरेन्ट र हिमालयन रेष्टुरेन्टले आर्थिक सहयोग गरेका थिए ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha