बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

महिला संयोजकमा गायिका देविका केसीको उम्मेद्वारी

महिला संयोजकमा गायिका देविका केसीको उम्मेद्वारी

  • Naveen Sanchar

  • शनिबार, भदौ ३०, २०८०

  • 1.6K
    Views
महिला संयोजकमा गायिका देविका केसीको उम्मेद्वारी

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए ), अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी अक्टोवर १७–१९ ( असोज ३० – कार्तिक २) मा हुने निर्वाचनमा गायिका देविका केसीले महिला संयोजक पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । हाल क्यानडामा रहनुभएकी सुमधुर स्वरकी धनी गायिका केसीले गैरआवासीय नेपाली तथा महिला सशक्तीकरणका क्षेत्रमा कार्य गर्न उक्त उम्मेद्वारी दिने निर्णय गरेको बताउनुभयो ।करीब दुई दशकदेखि लोक गायिकाको रुपमा नेपाली लोक गीत र संगीतको प्रवर्द्धन गर्दै एनआरएनएमा पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा २०१३ देखि विभिन्न देशहरुमा साँगीतीक प्रस्तुति सहित सहभागी भएको उहाँले बताउनुभयो । मध्यपूर्वमा रहँँदा २०१७-२०१९ मा अन्तर्राष्टिय समन्वय परिषद् सदस्य भई काम गरिसक्नुभएको छ । मौलिक लोक गीत र संस्कृतिको सम्वद्र्धनमा क्रियाशील रहने प्रतिबद्धता समेत उहाँले जनाउनुभएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha