शनिबार, माघ १८, २०८२ | January 31, 2026

९९ वर्षीया वृद्धालाई मेचीमहाकाली बुहारी संयुक्त आवाजको उपचार सहयोग

९९ वर्षीया वृद्धालाई मेचीमहाकाली बुहारी संयुक्त आवाजको उपचार सहयोग

  • Naveen Sanchar

  • शुक्रबार, भदौ २९, २०८०

  • 231
    Views
९९ वर्षीया वृद्धालाई मेचीमहाकाली बुहारी संयुक्त आवाजको उपचार सहयोग

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । झापा अर्जुनधारा नगरपालिका वडा नम्बर २ साठ्ठीमुरेका शेरबहादुर सिजाली मगर दुई महिना यता रोगले थला पर्नुभएको थियो ।दुई छोरा, एक श्रमती र एक आमाको मुख्य सहारानै थला परेपछि यो परिवारले रोग र आर्थिक संकटसंग लडाई गरिरहेको थियो । मगर परिवारको जेष्ठ सदस्य तथा शेरबहादुरकी ९९ बर्षकी आमा रनमाया सिजाली मगर पनि विगत केही बर्षदेखि अशक्त अवस्थामा हुनुहुन्थ्यो। परिवारमा तीनै जना बिरामीको कारण थप उपचार गर्न आर्थिक कठिनाई परेको हुदा मेचीमहाकाली बुहारी संयुक्त आवाजले रु एक सय मासिक वचत अभियान अन्तर्गत भदौ महिनामा उठेको रकम पन्ध्र हजार रुपैयाँ हस्तान्तरण गरिएको छ ।सो अवसरमा वडा नं २ की जनप्रतिनिधि न्यायिक समिति सदस्य शर्मिला सुब्बा , बुहारी संयुक्त आवाज केंद्रीय अध्यक्ष चन्द्रा काफ्ले,झापा जिल्ला सह संयोजक गंगा भट्टराई ,झापा जिल्ला सदस्य प्रमिला उप्रेती ,झापा जिल्ला सदस्य रोशनी खनाल अधिकारीका साथै हेर विचार गर्ने आफन्त रोम समाल मगरको उपस्थिति रहेको थियो ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha