
नवीनसञ्चार सम्वाददाता
काठमाडौँ ।सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारत स्थित अपोलो हस्पिटलस इन्टरप्राईजेज लिमिटेड बीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १० प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । अपोलो हस्पिटलस् इन्टरप्राईजेज लिमिटेडका भारतको विभिन्न नौ स्थानमा रहेका हस्पिटलका नेटवर्कमा यो छुटको व्यवस्था लागू हुने छ । उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा अपोलो हस्पिटल्स इन्टरप्राईजेज लिमिटेडका तर्फबाट भाइस प्रेसिडेन्ट– इन्टरनेसनल बिजनेस डा। कात्र्तिक अनन्थरामनले हस्ताक्षर गर्नु भएको हो । सिटिजन्स बैंकको भारत स्थित हस्पिटल्ससँगको यो दोसो्र सम्झौता हो । यस अघि बैंकले भारतस्थित मेदान्त– द मेडिसिटी अस्पतालसँग बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको जनाएको छ ।