शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

बिरामीलाई फुड सप्लिमेण्ट सिफारिस गर्ने अधिकार चिकित्सकमा निहितः संघ

बिरामीलाई फुड सप्लिमेण्ट सिफारिस गर्ने अधिकार चिकित्सकमा निहितः संघ

  • Naveen Sanchar

  • मङ्लबार, भदौ २६, २०८०

  • 237
    Views
बिरामीलाई फुड सप्लिमेण्ट सिफारिस गर्ने अधिकार चिकित्सकमा निहितः संघ

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । विभिन्न सञ्चार माध्यमहरुमा सर्व साधारण नागरिकहरुलाई भ्रममा पार्ने गरी फुड सप्लिमेण्ट, न्युट्रासप्लिमेण्ट, डायटरी सप्लिमेण्टलाई प्रतिबन्धित भएका औषधी भनी चिकित्सकबाट सिफारिस गर्न नहुने जस्ता अत्यन्तै भ्रामक समाचार र सूचना सम्प्रेषण गरिएकोमा नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘कुनै पनि रोगको स्वास्थ्य उपचारका क्रममा विरामीलाई आवश्यकता अनुसार औषधी तथा फुड सप्लिमेण्ट, न्युट्रासप्लिमेण्ट, डायटरी सप्लिमेण्टसिफारिस गर्ने अधिकार चिकित्सकहरुमा निहित रहेको व्यहोरा सबैमा विदितै छ ।’- विज्ञप्तिमा भनिएको छ -‘ चिकित्सकहरुले खाद्य ऐन २०२३ र खाद्य नियमावली २०२७ मा उल्लेख भएका तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्वीकृती प्रदान गरेको फुड सप्लिमेण्ट, न्युट्रासप्लिमेण्ट, डायटरी सप्लिमेण्ट विरामीको रोग, उमेर र आवश्यकता अनुसार स्वास्थ्य उपचारमा सहयोगी सावित हुने गरी अन्तराष्ट्रिय मान्यता अनुसार सिफारिस गर्दै आईरहेको व्यहोरा सम्बन्धित सबैमा यसै विज्ञप्ती मार्फत जानकारी गराईन्छ ।’
ऐन, कानून बिपरित कुनै पनि संघ संस्थाको नाममा यो या त्यो फुड सप्लिमेण्ट, न्युट्रासप्लिमेण्ट, डायटरी सप्लिमेण्ट सिफारिस नगर्नु भनी चिकित्सकहरुलाई निर्देशन दिने अधिकार सरोकारवाला बाहेकका निकायलाई नभएको व्यहोरा जानकारी गराउँदै त्यस्ता प्रकारका अस्वाभाविक र गैर कानूनी गतिविधिहरुबाट चिकित्सकहरु भ्रममा नपर्न समेत उक्त विज्ञप्ती सूचित गरिएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha