शनिबार, चैत्र १, २०८१ | March 15, 2025

बानेश्वर बहुमुखी क्याम्पसमा पाँचौ प्रोजेक्ट मिट सुरु

बानेश्वर बहुमुखी क्याम्पसमा पाँचौ प्रोजेक्ट मिट सुरु

  • Naveen Sanchar

  • सोमवार, भदौ २५, २०८०

  • 1.9K
    Views
बानेश्वर बहुमुखी क्याम्पसमा पाँचौ प्रोजेक्ट मिट सुरु

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पस, शिक्षा शास्त्र संकाय, स्नातक तह तृतीय वर्ष स्वास्थ्य तथा शारीरिक शिक्षा समूहका विद्यार्थीद्वारा आयोजित पाँचौ प्रोजेक्ट मिट सुरु भएको छ । तीनदिनसम्म चल्ने कार्यक्रम अन्तर्गत एथलेटिक्सतर्फ छात्र शटपुट र छात्रातर्फ टेबल टेनिस प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएका छन् ।

उद्घाटन समारोहलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्नुहुँदै निमित्त क्याम्पस प्रमुख राजेन्द्र प्रसाद दाहालले शारीरिक र मानसिक तन्दुरुस्तीका लागि खेलकुद आवश्यक रहेको बताउनुभयो । खेलकुदले व्यक्तिलाई अनुशासित बनाउने उल्लेख गर्दै निमित्त क्याम्पस प्रमुख दाहालले आफू अनुशासित भई भविष्यमा अरुलाई अनुशासन सिकाउन सक्षम बन्न विद्यार्थीलाई अनुरोध गर्नुभयो ।
कार्यक्रम संयोजक सहप्राध्यापक रामेश्वर काफ्लेले प्रयोगात्मक कार्यबाट सिकाई जीवन्त हुने भन्दै कार्यक्रमको सिकाई जीवनमा भविष्यका लागि समेत उपयोगी हुने धारणा व्यक्त गर्नुभयो ।शिक्षाशास्त्र विभागीय प्रमुख उपप्राध्यापक परशुराम भट्टराईले विश्वविद्यालयको पाठ्यक्रममा आधारित रही आयोजित कार्यक्रमले सैद्धान्तिक ज्ञानलाई व्यवहारमा प्रयोग गर्न सहयोग गर्ने भनाइ राख्नुभयो ।


विद्यार्थी सीता पाण्डेको सभापतित्वमा सम्पन्न समारोहमा व्यवस्थापन विभागीय प्रमुख अर्जुन आचार्य, डा. रमेश शुभेच्छु, डा. मधुसुदन लामिछाने, कमला न्यौपाने, दीपकबाबु निरौला, माधवराज लामिछाने, भोलानाथ चालिसे, भावकेशर बराल, सागर पन्त, हर्कराज ढुंगेल, तारादत्त जोशी, देवचन्द्र श्रेष्ठ, नेत्र प्रसाद न्यौपाने लगायत प्राध्यापक एवं बीएड्का विद्यार्थीको उपस्थिति रहेको थियो ।आधारभूत अनुसन्धान तथा प्रोजेक्ट मिट विषयको प्रयोगात्मक कार्य अन्तर्गत सञ्चालित कार्यक्रममा विद्यार्थीले नृत्य समेत प्रस्तुत गर्नुभएको थियो ।भावना जोशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन स्वस्तिका उपाध्यायले गर्नुभएको थियो ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha