बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

कैदीबन्दीलाई स्पाइनल स्वास्थ्य सम्बन्धि सचेतना

कैदीबन्दीलाई स्पाइनल स्वास्थ्य सम्बन्धि सचेतना

  • Naveen Sanchar

  • आइतवार, भदौ २४, २०८०

  • 378
    Views
कैदीबन्दीलाई स्पाइनल स्वास्थ्य सम्बन्धि सचेतना

काठमाडौँ । केन्द्रीय कारागार अस्पतालले स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्र,काभ्रे साँगाको प्राविधिक सहयोगमा राष्ट्रिय फिजियोथेरापी दिवस , निजामती सेवा दिवस र अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा एक दिने स्पाईनल हेल्थ सम्बन्धी कार्यशाला तथा तालिम सम्पन्न गरेको छ । अस्पतालको सभाकक्षमा चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिंग स्टाफ , प्रशासनिक तथा कारागार अस्पतालमा रहेका अन्य कर्मचारी , केन्द्रीय सुधार गृह , भद्र सुधार गृह तथा महिला सुधार गृहका अस्पताल नाइके, कैदीबन्दी लगायत ७० जनाभन्दा बढीको उपस्थितिमा उक्त सचेतनामूलक,प्राथमिक उपचार कार्यक्रम भएको थियो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेट डा. प्रकाश बुढाथोकीले समुद्घाटन गर्नुभएको उक्त कार्यशालामा स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्रका निर्देशक डा. राजु ढकालको टिमले अभिमुखीकरण ,प्रयोगअभ्यास,खतराका चिन्ह तथा रोकथामका उपायका बारेमा प्रस्तूतीकरण गर्नु भएको थियो ।

समापन समारोहमा सहायक जेलर मित्र लुईटेलले अस्पतालले कैदीबन्दीको स्वास्थ्यमा धेरै काम गरेको भन्दै अब नाम अनुसारको केन्द्रिय अस्पताल बनेको बताउनु भयो । त्यस्तै स्पाईनल ईन्जुरी रिह्याब सेन्टरका मेडिकल निर्देशक डा. राजु ढकालले डा. प्रकाश नेतृत्व गर्न आएपछि बल्ल अस्पतालको नाम सुनेको र उहाले कैदीबन्दीको स्वास्थ्य अधिकारलाई आत्मसात गर्दे विभिन्न बिशिष्टिकृत अस्पतालसंगको संझौता र जनचेतनामूलक कार्यक्रमहरु गरिरहेको देखेर स्पाईनल हेल्थमा काम गर्न ईच्छुक भएको र हरेक खालको सहयोग गर्न तत्पर रहेको मन्तब्य राख्नु भएको थियो । केन्द्रबाट मेडिकल निर्देशक डा. ढकाल र कार्यक्रम निर्देशक हरि अधिकारीबाट अस्पतालका बिरामीलाई सहज होस भन्दै ह्विल चियर प्रमुख मे.सु.लाई हस्तान्तरण गर्नु भएको थियो । प्रा.डा. सविना श्रेष्ठबाट प्राप्त उहाँ तथा उहाको परिवारबाट लिखित र संग्रहित पुस्तक सुधार गृहका पुस्तकालयलाई प्रमुख मे.सु. डा. बुढाथोकीले केन्दी्रय,,भद्र र महिला सुधार गृहका नाईकेलाई हस्तान्तरण गर्नु भएको थियो । समापन मन्तब्य राख्दै प्रमुख मे.सु. डा. बुढाथोकीले सहयोगका लागी धन्यवाद दिदै द्वीपक्षीय सम्झौतापश्चात सहयोगका धेरै आयाम खुलेका र हरेक हप्तामा कम्तिमा ३ वटा यस्ता कार्यक्रमहरु गर्दे आएको र अबका हप्तामा पनि गर्दे जाने जानकारी गराउनु भयो । अस्पतालको भाव ियोजनाका बारेमा बताउदै दिवसको शुभकामना समेत ब्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन अस्पतालका नायब सुब्बा कुल प्रसाद आचार्यले गर्नु भएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha