बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

सिटिजन्स बैंकका ग्राहकलाई मुटुको उपचारमा सहुलियत

सिटिजन्स बैंकका ग्राहकलाई मुटुको उपचारमा सहुलियत

  • Naveen Sanchar

  • आइतवार, भदौ २४, २०८०

  • 84
    Views
सिटिजन्स बैंकका ग्राहकलाई मुटुको  उपचारमा सहुलियत

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र रुपन्देहीको बुटवलस्थित बुटवल हार्ट क्लिनिकबीच सिटिजन्सका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकले बुटवल हार्ट क्लिनिकमा १०% सम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha