बिहिबार, फाल्गुन २८, २०८२ | March 12, 2026

पूर्वाञ्चल विश्वविद्यालयमा व्यक्तित्व तथा नेतृत्व विकास प्रशिक्षण

पूर्वाञ्चल विश्वविद्यालयमा व्यक्तित्व तथा नेतृत्व विकास प्रशिक्षण

  • Naveen Sanchar

  • शुक्रबार, भदौ २२, २०८०

  • 465
    Views
पूर्वाञ्चल विश्वविद्यालयमा व्यक्तित्व तथा नेतृत्व विकास प्रशिक्षण

काठमाडौँ ।पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीको लागि जीवनोपयोगी सीपमा आधारित व्यक्तित्व तथा नेतृत्व विकास प्रशिक्षण सुरु भएको छ । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको प्रतिमामा दीप प्रज्जवलन गरी समारोहको विधिवत् समुद्घाटन गरिएको छ । समारोहमा प्राज्ञिक विद्यार्थी परिषद्, नेपालका राष्ट्रिय उपाध्यक्ष एवम् पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन विभागका पूर्व डिन प्रा.डा. बिजु थपलिया, विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, राष्ट्रिय सचिव विवश कटुवाल, पूर्वाञ्चल विश्वविद्यालय संयोजक आरुषी कर्णको विशेष उपस्थितिमा रहेको छ । विद्यार्थीको उत्साहजनक सहभागिता रहेको प्रशिक्षण अन्तर्गत सहभागी विद्यार्थीलाई जीवनोपयोगी सीपमा आधारित व्यक्तित्व तथा नेतृत्व विकास सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक जानकारी दिइने परिषद्ले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha