शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

अनाथ बालबालिकालाई आर्थिक सहयोग

अनाथ बालबालिकालाई आर्थिक सहयोग

  • Naveen Sanchar

  • बिहिबार, भदौ २१, २०८०

  • 379
    Views
अनाथ बालबालिकालाई आर्थिक सहयोग

काठमाडौँ । वैदशिक रोजगारीका क्रममा साउदी अरबमा रहनुभएका सुजन घिमिरेले चितवनको भरतपुरस्थित आदर्श गृह नेपालका अनाथ बालबालिकालाई आर्थिक सहयोग गर्नुभएको छ । जन्म घर पाँचथर भई हाल झापा निवासी नेपाली नृत्य समूहका अध्यक्ष, झापाली सेवा समाज साउदी अरबका सहकोषाध्यक्ष तथा एनआरएनए साउदी अरबका सदस्य परोपकारी मनका धनी, सामाजिक व्यक्तित्व घिमिरेले आफ्नो जन्मदिनको अवसरमा ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेको बताउनुभयो । बाबु,आमा, अभिभावक नभएका तथा जीवनयापनका लागि कठिनाई भोगिरहेका विपन्न अनाथ बालबालिकाको भोजनका लागि मानवताको नाताले सो रकम प्रदान गरेको उहाँले नवीनसञ्चारलाई जानकारी दिनुभयो ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha