शनिबार, माघ १८, २०८२ | January 31, 2026

नागार्जुन नगरपालिकाका सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृध्दिमा जोड

नागार्जुन नगरपालिकाका सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृध्दिमा जोड

  • Naveen Sanchar

  • बिहिबार, भदौ २१, २०८०

  • 233
    Views
नागार्जुन नगरपालिकाका सार्वजनिक विद्यालयको  शैक्षिक गुणस्तर अभिवृध्दिमा जोड

काठमाडौँ । विश्व साक्षरता दिवसको अवसरमा सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृध्दिमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम नगार्जुन नगर कार्यपालिकाको सभाकक्षमा सम्पन्न भएको छ । समारोहमा नागार्जुन नगरपालिकाका नगर प्रमुख, मोहन बहादुर बस्नेत र उपप्रमुख सुशिला अधिकारीलेनगरको शिक्षाको स्तर सुधार गर्ने विषयमा जिम्मेवार व्यक्ति तथा निकायहरू स–शक्त भएर लाग्नु पर्ने र त्यसका लागि आफ्नो पक्षबाट कुनै कसर बाँकी नराख्ने कुरामा जोड दिनुभएको थियो । कार्यक्रममा नगर शिक्षा प्रमुख कृष्ण बहादुर कुँवर, नगरापलिकाका अधिकृत सूर्यनाथ कोइराला, नारायण तिमिल्सिना, नगरप्रवक्ता तथा वडा नं.५ का वडाध्यक्ष महेश रिमाल, विभिन्न वडाका वडाध्यक्षनगर शिक्षा समितिका सदस्य, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत नगरका कर्मचारीको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha