बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

एभरेष्ट बैंकद्वारा गोरखास्थित मानव सेवा आश्रमलाई पाँच लाख रुपैयाँ सहयोग

एभरेष्ट बैंकद्वारा गोरखास्थित मानव सेवा आश्रमलाई पाँच लाख रुपैयाँ सहयोग

  • Naveen Sanchar

  • बिहिबार, भदौ २१, २०८०

  • 163
    Views
एभरेष्ट बैंकद्वारा गोरखास्थित मानव सेवा आश्रमलाई पाँच लाख रुपैयाँ सहयोग

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले गोरखास्थित मानव सेवा आश्रमलाई. पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्गत आयोजित एक समारोहबीच बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सो आश्रमका गण्डकी प्रदेशका संयोजक मुना लामालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले बैंकको यस सहयोगबाट आश्रममा आश्रित बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारिरीक तथा मानसिकरुपमा अति कमजोर सडक आश्रित मानवहरुको उद्धार, उपचार, संरक्षण र पालनपोषणमा थप टेवा पुग्ने कुरा उल्लेख गर्नुभयो । साथै यस्ता निःस्वार्थ भावनाले मनैछुने तथा परोपकारी कार्य गर्ने संघ संस्थाहरु संग भविष्यमा समेत हातेमालो गर्दै अगाडी बढिरहने प्रतिबद्दता व्यक्त गर्नुभयो । आश्रमकी गण्डकी प्रदेशका संयोजक मुना लामाले एभरेष्ट बैंकको यो सहयोगले आश्रममा आश्रित सम्पूर्ण मानवहरुले अझ सुलभ सेवा लाभ लिन सक्ने कुरा उल्लेख गर्नुका साथै बैंक प्रति कृतज्ञता समेत प्रकट गर्नुभयो ।

समारोहमा बैंकका तर्फबाट बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती, बैंकका गण्डकी प्रदेशका प्रादेशिक प्रबन्धक सुधिर गौतम, बैंकका गोरखा शाखाका शाखा प्रबन्धक सन्दिप खत्री र आश्रमका संयोजक इश्वर काजी मास्केको समेत उपस्थिति रहेको थियो ।

बैकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूवाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आईरहेको जनाएको छ ।

स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी ग्राहक रहेका छन् । देशैभरी छरिएर रहेका आफ्ना १२७ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटीएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha