
काठमाडौँ । मेचीमहाकाली बुहारी संयुक्त आवाजले सामाजिक हित, रुपान्तरण एवं समाजमा पछाडि परेका वर्गका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।संस्थाको चौथौँ वार्षिकोत्सव तथा निवर्तमान केन्द्रीय अध्यक्ष यमु शर्मा सुब्बाको जन्मदिनको अवसरमा झापाको गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयका १५ जना दृष्टिविहीन विद्यार्थीलाई सहयोग स्वरुप ब्रेल लिपिका सामग्री, फलफूल र केही आवश्यक सामाग्री वितरण गरिएको छ । तत्कालीन केन्द्रीय उपाध्यक्ष चन्द्रा काफ्ले, झापा जिल्ला उपाध्यक्ष संगिना ढकाल, झापा जिल्ला सह संयोजक गंगा भट्टराईको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।