बिहिबार, फाल्गुन २८, २०८२ | March 12, 2026

तीजको अवसरमा सखी मिलन कार्यक्रम

तीजको अवसरमा सखी मिलन कार्यक्रम

  • Naveen Sanchar

  • सोमवार, भदौ १८, २०८०

  • 352
    Views
तीजको अवसरमा सखी मिलन कार्यक्रम

काठमाडौं । नपाली नारीको महान पर्व तीजको अवसरमा सखी प्रतिष्ठानले सामाजिक विकास समाज, अनामनगरमा तीजको अवसरमा आयोजना गरेको सखी मिलन कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलको सभापतित्वमा आयोजित समारोहमा राष्ट्रिय सूचना आयोगकी सूचना आयुक्त कमला ओली, साहित्यिक पत्रकार संघका अध्यक्ष एवं प्रतिष्ठानका प्रमुख सल्लाहकार राधेश्याम लेकाली, विश्व हिन्दू महासंघका कार्यवाहक अध्यक्ष अस्मिता भण्डारी, समाजसेवी अस्मिता सुमार्गी, सिर्जना भेटवाललगायतले कार्यक्रममा  शुभकामना मन्तव्य राख्नु भएको थियो ।

प्रतिष्ठानकी उपाध्यक्ष कमला रिसालले सञ्चालन गर्नु भएको कार्यक्रममा गायक प्रकाश खड्का र गायिका रितु कंडेलले विभिन्न गीतहरु गाउनु भएको थियो भने सामुहिक नृत्यमा सबैले सहभागीता जनाउनु भएको थियो । कार्यक्रममा साहित्यकार पद्यमावती सिंह, शीला पन्त, किशोर पहाडी, सुशीला देउजा, माया पौडेल, भगवती बस्नेत, मुरारि सिग्देल, निर्मलरमण पराजुली, डा। शशी थापा, राजेन्द्र केसी,रत्नलक्ष्मी श्रेष्ठ तथा समाजसेवी माला खरेललगायत ७० जनाको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha