
नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । तमु समाज माल्टाद्वारा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकार प्रमोद खरेलले माल्टाबासीलाई छमछमी नचाएका छन् । कार्यक्रममा सुमधुर स्वरका धनी गायक खरेलले ‘म बिना कसैकसैलाई’ ,’ओई झुमा’ ,’रातो टीका निधारमा’,’म बाचेँकै तिमीसँग माया लाउन’ लगायतका दर्जनौँ गीत गाएर हजारौँ दर्शकलाई मनोरञ्जन दिएका थिए ।
समारोहमा स्थानीय कलाकारको बेजोड प्रस्तुतिले दर्शको भीड थामिनस्क्नु भएको थियो ।कार्यक्रमका प्रमुख अतिथि गैर आवासीय नेपाली संघ(एनआरएनए), राष्ट्रिय समन्वय परिषद, माल्टाका अध्यक्ष रेमलाल खनालले कलाकार खरेलको कलाकारिताको प्रशंसा गर्नुभयो । कार्यक्रम संयोजक तथा तमु समाजका उपाध्यक्ष पम बहादुर गुरुङ्ग ‘प्रबिन’ले माल्टावासी नेपाली, विभिन्न संघ सस्थाका प्रतिनिधि,एनआरएनए माल्टा र आइसीसी सदस्य लगायत सम्पूर्णमा आभार प्रकट गर्नुभएको थियो । एनआरएनए, माल्टाका वरिष्ठ उपाध्यक्ष मधु गुरुङ्गले कलाकार तथा दर्शकको सहभागित उत्साहजनका भएको बताउनुभयो । नेपाल माल्टा परोपकार संघका अध्यक्ष प्रकाश भण्डारीले कार्यक्रम अहिलेसम्मकै ऐतिहासिक भएको बताउनुभयो ।तमु समाज माल्टाका महासचिव मन बहादुर गुरुङ्गले संस्थाले नेपाली र तमु जातिको मौलिक संस्कृतिको प्रवद्र्धनका लागि निरन्तर काम गर्दै आएको जानकारी दिनुभयो ।