
काठमाडौँ । नागार्जुन नगरपालिका, वडा नं. ६ स्थित अनुभवी आश्रमको २० औँं वार्षिक साधारण सभामा शनिबार सम्पन्न भएको छ । समारोहमा प्रमुख अतिथिको आसनबाट गर्नुहुँदै नागार्जुन नगरप्रमुख मोहन बहादुर बस्नेतले नगरपालिकालाई आफूले सोचेको स्वर्गको रुपमा विकास नगरी नछोड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
नगर उपप्रमुख सुशीला अधिकारीले आश्रमको वार्षिक साधारणा सभाको सफलताको कामना गर्नुहुँदै उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो । सभामा नगर बाग्मती प्रदेशका मन्त्री उद्धव थापा, पूर्व मन्त्री राधाकृष्ण मैनाली, विक्रमबहादुर थापा, कलाकार भीमवर सिंह थापा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।