बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

गैरआवासीय नेपाली श्रमिक र नारी अधिकारका लागि महिला उपाध्यक्षमा सैयदको उम्मेद्वारी

गैरआवासीय नेपाली श्रमिक र नारी अधिकारका लागि महिला उपाध्यक्षमा सैयदको उम्मेद्वारी

  • Naveen Sanchar

  • शनिबार, भदौ १६, २०८०

  • 387
    Views
गैरआवासीय नेपाली श्रमिक र नारी अधिकारका लागि महिला उपाध्यक्षमा सैयदको उम्मेद्वारी

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको २०२३–२५ कार्यकालका लागि महिला उपाध्यक्षमा साउदी अरबबाट यासमीन बेगम सैयदले पुनः उम्मेदवारी दिनुहुने भएको छ । विश्वभरी छरिएर रहेका गैरआवासीय नेपालीको हकहितका पक्षमा सशक्त रुपमा आवाज उठाउन सैयदले उक्त उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो ।


सैयद एनआरएनए आइसीसीको वर्तमान कार्यसमितिको महिला उपाध्यक्षमा हुनुहुन्छ । श्रमिक समस्या समाधान तथा महिला अधिकारका क्षेत्रमा कार्य गर्दा प्राप्त विश्वास, हौसला एवं सद्भावबाट प्रेरित भई निर्वाचनमा प्रतिष्पर्धा गर्ने निर्णय गरेको उहाँले नवीनसञ्चारलाई बताउनुभयो । उहाँ विगत लामो समयदेखि विभिन्न संघसंस्थामा सक्रिय एनआरएनए अभियन्ता हुनुहुन्छ ।संघको आगामी अक्टोवरमा काठमाण्डौँ हुनगइरहेको हुने ११ औं महाधिवेसनमा आफूलाई निर्वाचित गराउन तथा आवश्यक सहयोग गर्न उहाँले सबैमा अनुरोध गर्नुभएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha