
काठमाडौँ । नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहनबहादुर बस्नेतले एक नगरपालिकाको वडा नं. २ स्थित आरुघाट विशालनगर नेवाः गुठीलाई आवश्यक पर्ने सांस्कृतिक एवं सांगितिक बाद्यवादनका सामग्री हस्तान्तरण गर्नुभएको छ । एक समारोहबीच कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बस्नेतले उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । मन्तव्यका क्रममा बस्नेतले सबै जातजाति र धर्मका नगरबासीसँग आफ्नो आत्मीयता हुनुका साथै सबै जातिका कला, धर्म, संस्कृति नै नेपाल र नेपालीको पहिचान भएको कुरामा जोड दिनु भएको थियो । समारोहमा उहाँलाइ उक्त गुठीका तर्फबाट सम्मान पनि गरिएको थियो ।\