शुक्रबार, फाल्गुन ८, २०८२ | February 20, 2026

नागार्जुन नगरपालिकामा घरबाटै व्यक्तिगत घटना दर्ता गर्न सकिने

नागार्जुन नगरपालिकामा घरबाटै व्यक्तिगत घटना दर्ता गर्न सकिने

  • Naveen Sanchar

  • मङ्लबार, भदौ १२, २०८०

  • 173
    Views
नागार्जुन नगरपालिकामा घरबाटै व्यक्तिगत घटना दर्ता गर्न सकिने

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । नागार्जुन नगरपालिकाले व्यक्तिगत घटना दर्ता घरबाटै गर्न सकिने व्यवस्था मिलाएको छ । जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद  अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था बमोजिम नागार्जुन नगरपालिकाभित्र अनलाइन मार्फत व्यक्तिगत घटना दर्ता गरी प्राप्त टोकन नम्बर लिएर सम्बन्धित वडा कार्यालयबाट प्रमाणपत्र प्राप्त गर्न सकिने नगरपालिकाले जनाएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइट public.donidcr.gov.np मा गई क्युआर कोड स्क्यान गरेर घटना दर्ताको फाराम भर्ने तथा प्राप्त टोकन नम्बर लिएर ३५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरी स्थानीय पञ्जिकाधिकारीबाट व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र प्राप्त हुने नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha