बिहिबार, फाल्गुन २८, २०८२ | March 12, 2026

मारवाडी समुदायविरुद्ध सार्वजनिक अभिव्यक्ति नदिन समितिको माग

मारवाडी समुदायविरुद्ध सार्वजनिक अभिव्यक्ति नदिन समितिको माग

  • Naveen Sanchar

  • शनिबार, भदौ ९, २०८०

  • 306
    Views
मारवाडी समुदायविरुद्ध सार्वजनिक अभिव्यक्ति नदिन समितिको  माग

काठमाडौँ । मारवाडी सेवा समिति नेपालले नेपालको अर्थतन्त्र निर्माणमा ठूलो योगदान गर्दै आएको मारवाडी समुदायप्रति लक्षित गरी अर्थहीन कुरा गरेर स्वाभिमानमा आँच नपु-याउन चेतावनी दिएको छ । नकारात्मक द्वेष फैलाएर निश्चित वर्ग समुदायलाई होच्याउने अभिव्यक्ति बन्द गराउन र दोषीमाथि कानूनी कारवाहीको लागि समितिले सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ ।कुनै व्यक्ति, जाति, समुदाय, समूह तथा सम्प्रदायप्रति लक्षित गरी नकारात्मक, भ्रामक, अनर्गल, तथ्यहीन एवं गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आमसञ्चारमार्फत दिने छुट नेपालको संविधानले कसैलाई नदिएको समितिको भनाई छ ।

परिश्रमी मारवाडी समुदायले १७० वषदेखि अनवरत रुपमा उद्योग, व्यापारको विकासका साथै देशमा परिआउने राष्ट्रिय विपत्तिमा सेवा गर्दै आएको समितिले जनाएको छ । राष्ट्रिय एकतालाई जोड दिँदै नेपालको स्वाधीन अर्थतन्त्र निर्माणका लागि ठूलो योगदान गर्दै आएको उद्योगधन्दा, व्यापार तथा सेवामूलक व्यवसायलाई आधार बनाई रोजगारी सृजना गरेको तथा उत्पादन एवं सेवाका माध्यमबाट देशको आर्थिक विकासमा अनवरत योगदान पु-याउँदै आएको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस किसिमबाट देश निर्माणमा अहोरात्र लागिपरेको मारवाडी समुदायविरुद्ध सार्वजनिक अभिव्यक्ति नदिन समितिले माग गरेको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha