शुक्रबार, फाल्गुन २, २०८१ | February 14, 2025

नेपाल सरकारसँग विकास साझेदारले विद्यालय शिक्षा क्षेत्र योजनाको कार्यान्वयनमा सहकार्य गर्ने

नेपाल सरकारसँग विकास साझेदारले विद्यालय शिक्षा क्षेत्र योजनाको कार्यान्वयनमा सहकार्य गर्ने

  • Naveen Sanchar

  • बिहिबार, साउन ३२, २०८०

  • 128
    Views
नेपाल सरकारसँग विकास साझेदारले विद्यालय शिक्षा क्षेत्र योजनाको कार्यान्वयनमा सहकार्य गर्ने

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । नेपाल सरकार र आठ विकास साझेदारले विद्यालय शिक्षा क्षेत्र योजनाको कार्यान्वयनका लागि संयुक्त वित्तीय सम्झौतालाई औपचारिक स्वरुप दिएका छन् । यस सम्झौताले संयुक्त रूपमा ७८ करोड अमेरिकी डलर सम्मिलित बजेट सहयोग विकास सहायता समावेश गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्वमा तयार गरिएको विद्यालय शिक्षा क्षेत्र योजनाले नेपालका सबै बालबालिकाका लागि गुणस्तरीय शिक्षामा समावेशी पहुँच सुनिश्चित गर्ने देशको दीर्घकालीन लक्ष्यलाई सहयोग गर्ने उद्देश्य लिएको छ । सरकारले बृहत् शिक्षा क्षेत्रको विश्लेषण र कार्यान्वयनकर्ता, सरोकारवाला र लाभग्राहीहरूसँगको व्यापक परामर्शको आधारमा विद्यालय शिक्षा क्षेत्र योजना तयार गरेको हो ।
विद्यालय शिक्षा क्षेत्र योजनाले पूर्व प्राथमिकदेखि कक्षा १२ सम्म नेपालको सम्पूर्ण विद्यालय शिक्षा क्षेत्रलाई समेट्छ, जसमा बालबालिका र युवाहरूका लागि अनौपचारिक शिक्षा तथा वैकल्पिक मार्गहरू समावेश छन् । यसमा शिक्षा क्षेत्रलाई दिगो विकास लक्ष्य २०३० को समय रेखाभन्दा अझ पर सन् २०३२ मा पुरा गर्ने लक्ष्य राखिएको छ ।
यो १० वर्षीय रणनीतिक योजना हो जसको पहिलो पाँच वर्षका लागि अनुमानित लागत करिब रु। ९ खर्ब ५५ अर्ब ९७।२ अर्ब अमेरिकी डलर० रहेको छ । सरकारले रु। ८ खर्ब ३३ अर्ब ९६.३ अर्ब अमेरिकी डलर वित्तपोषण गर्ने प्रक्षेपण गरिएको छ, जसमा करिब ९० करोड अमेरिकी डलरको कोष अन्तर छ ।
आठ संयुक्त वित्तीय साझेदारहरू अर्थात् एसियाली विकास बैङ्क, युरोपेली सङ्घ, फिनल्यान्ड सरकार, शिक्षाका लागि वैश्विक साझेदारी, नर्वे सरकार, युनिसेफ, यूएसएआइडी र विश्व बैङ्कले आगामी पाँच वर्षमा संयुक्त रूपले ७८ करोड अमेरिकी डलर बजेट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाल सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपालका बालबालिका र युवाहरूको शिक्षालाई अभिवृद्धि गर्नका लागि निरन्तर सहयोग र सहकार्य गरेकोमा संयुक्त वित्तीय साझेदारहरूलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा संयुक्त वित्तीय साझेदारहरूले विद्यालय शिक्षा क्षेत्र योजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न सरकारलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता दोहो¥याउनुका साथै बालबालिकाको सिकाइमा कोभिड–१९ महामारीले पारेको तात्कालिक र दीर्घकालीन प्रभावलाई पनि सम्बोधन गरे । यसका साथै, संयुक्त वित्तीय साझेदारहरूले योजनालाई सान्दर्भिक बनाउन तथा कार्यान्वयन गर्न सातवटै प्रदेश र ७५३ स्थानीय सरकारमा संस्थागत क्षमता अभिवृद्धि गर्नका लागि सहयोग गर्न पनि प्रतिबद्धता जनाए ।
विगत दशकहरूमा विद्यालय शिक्षामा पहुँच र सहभागिताको हिसाबले उल्लेखनीय प्रगति भए तापनि बास्तविक सिकाइ उपलब्धी भने सुस्त रहेको छ, जसको अर्थ बालबालिका विद्यालय गइरहेका छन् तर पर्याप्त मात्रामा सिकिरहेका छैनन् भन्ने हो । कोभिड–१९ महामारीले सङ्कटासन्न समूह तथा क्षेत्रका बालबालिकाले असमान रूपले अति कम सिक्ने गरी सिकाइ सङ्कटलाई झनै बढाएको छ ।
युनिसेफ र फिनल्यान्ड दूतावासले विगत दुई वर्षदेखि शिक्षा विकास साझेदार समूहको सम्पर्क केन्द्रबिन्दु तथा सहसम्पर्क केन्द्र बिन्दुका रूपमा काम गर्दै आएका छन् र उनीहरुले आसन्न सम्पर्क तथा सहसम्पर्क केन्द्र बिन्दु क्रमशः विश्व बैङ्क र यूएसएआइडीलाई आफ्ना जिम्मेवारी हस्तान्तरण गरेका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha