बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

दिगो अर्थतन्त्रका लागि सुझाव कार्यान्वयन हुन जरुरी

दिगो अर्थतन्त्रका लागि सुझाव कार्यान्वयन हुन जरुरी

  • Naveen Sanchar

  • मङ्लबार, साउन १६, २०८०

  • 100
    Views
दिगो अर्थतन्त्रका लागि सुझाव कार्यान्वयन हुन जरुरी

काठमाडौं । नेपाली मौलिक उत्पादनहरुको वर्तमान अवस्था, अन्तर्राष्ट्रिय माग एवं आपूर्तिको स्थिति, उत्पादकत्व वृद्धिको प्रचुर संभावना र निर्यात प्रवद्र्धनमार्फत अर्थतन्त्रको दिगो विकास र आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा पुग्न सक्ने योगदानका विषयमा लामो अध्ययन तथा विश्लेषणसहित बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र फेडेरेशन अफ नेपाल एक्पोटर्स एसोसिएशनद्वारा तयार गरिएको आत्मनिर्भर अर्थतन्त्र र निर्यात संभावनाका क्षेत्रहरु नामक पुस्तक विमोचन गरी सार्वजनिक गरिएको छ ।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले आयोजना गरेको कार्यक्रममा मुख्य सचिव डा. बैकुण्ठ अर्याल, परराष्ट्र सचिव भरतराज पौड्याल, उद्योग वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी, राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेशचन्द्र पौडेल, सिबिफिनका अध्यक्ष पवन गोल्याण, नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेशकुमार अग्रवालले पुस्तक विमोचन गर्नुभएको थियो । उक्त पुस्तकका लेखक डा. गोपाल प्रसाद तिवारी, उत्तम गौतम र कृष्णराज बजगाँई हुनुहुन्छ ।
विमोचन कार्यक्रममा सिबिफिन अध्यक्ष गोल्याणले नेपाली मौलिक उत्पादनहरुको विषयमा अध्ययन गर्नुको कारण र औचित्यबारे प्रकाश पार्नुभएको थियो । अध्यक्ष गोल्याणले बैंक तथा वित्तीय संस्थाहरुबाट जोखिमयुक्त एवं अनुत्पादक क्षेत्रमा भइरहेको लगानीलाई सुरक्षित र उत्पादनमुलक क्षेत्रमा केन्द्रित गराउन जरुरी देखिएको उल्लेख गर्दै आन्तरिक बजारमा बढ्दो माग भएका र वाह्य बजारमा निर्यात वृद्धिको प्रचुर सम्भावना भएका स्वदेशी कच्चा पदार्थमा आधारित कृषि तथा वनपैदावारलगायतका १० वटा वस्तुहरुको १० वर्षे तथ्यांक केलाएर अध्ययन गरिएको बताउनुभयो । पुस्तकले समग्र उद्यमी÷व्यवसायीहरुको स्तरोन्नतिको मार्ग पहिल्याउनुका साथै दिगो र आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि मार्गनिर्देश समेत गरेको उहाँको भनाई थियो । अध्यक्ष गोल्यानले कृषि तथा वन पैदावारलगायतका क्षेत्रमा अथाह सम्भावना भए पनि त्यसको समुचित प्रयोग हुन नसकेको उदाहरण दिँदै विशेषगरी साना साना तथा घरेलु उद्योगहरु, कृषि, वनपैदावर जस्ता बढी मूल्य अभिवृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने उद्योगहरुलाई सरकारले प्रोत्साहन गर्र्नुपर्नेमा विशेष जोड दिनुभएको थियो । विभिन्न देशहरुका लागि प्रस्तावित राजदुतहरु र परराष्ट्र सचिवतर्फ इंगित गर्दै अध्यक्ष गोल्याणले नेपाली उत्पादनहरुको प्रवद्र्धन र विश्वबजारीकरण लागि विदेशमा रहेका नेपालका राजदूतहरुले विशेष ब्राण्ड एम्बासडर भएर काम गर्न आग्रह समेत गर्नुभयो ।
मुख्यसचिव डा.वैकुण्ठ अर्यालले सिबिफिन र एफएनईएले तयार गरेको उक्त पुस्तकले नेपाली उत्पादनहरुको वस्तुनिष्ठ अवस्थाको उजागर गर्दै निजी क्षेत्र र नेपाल सरकारका लागि चुनौती र संभावना दुवै औल्याइ दिएको बताउनु भयो । आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य जरुरी रहेको बताउँदै उहाँले नेपाली उत्पादनहरुको प्रवद्र्धन तथा उपयोगलाई प्रश्रय दिँदै निर्यातलाई बढावा दिनुपर्ने उल्लेख गर्नुभयो । त्यसैगरी उहाँले मुलुकले निर्यातजन्य वस्तु उत्पादनमा जोड दिनसके बजारीकरणको समस्या नहुने उल्लेख उत्पादकत्व वृद्धि र निर्यात प्रवद्र्धनका लागि देखिएका नीतिगत र व्यवहारिक कठिनाइहरुको सुधार गर्न नेपाल सरकारले आवश्यक सहजीकरण र पहलकद्मी लिने बताउनुभयो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha