नवीनसञ्चार समाचारदाता
जोहोर, मलेसिया। विजया दशमीको पावन अवसरमा मलेसियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र खेलकुदको सौहार्दता अभिवृद्धि गर्ने उद्देश्यले ‘विजया दशमी मैत्रीपूर्ण फुटबल प्रतियोगिता २०२६’ आयोजना हुने भएको छ। ‘नेपाली समुदाय जोहोर’ को आयोजनामा आगामी २०२६/१०/१८ (आइतबार) का दिन उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो।
प्रतियोगिता मलेसियाको Desa Cemerlang Ara Football Field, Johor मा बिहानैदेखि सञ्चालन हुने आयोजकले जनाएका छन्।
बडादसैँको विशेष रौनकलाई थप उत्साहजनक बनाउन आयोजना गरिएको यस प्रतियोगितामा विजयी टोलीका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। जसअनुसार:
-
प्रथम पुरस्कार: ३० देखि ३५ किलोग्राम तौल भएको खसी (Khasii Goat)
-
द्वितीय पुरस्कार: २० देखि २५ किलोग्राम तौल भएको खसी (Khasii Goat)
प्रतियोगितामा सहभागी हुन चाहने टिमका लागि प्रवेश शुल्क (Entry Fee) RM500 निर्धारण गरिएको छ।
परदेशमा रहेर पनि आफ्नो धर्म, संस्कृति र चाडपर्वलाई जोगाइराख्न तथा नेपाली दाजुभाइहरूबीच आपसी भेटघाट र मनोरञ्जनको वातावरण सिर्जना गर्न यो प्रतियोगिता आयोजना गरिएको आयोजक समितिले बताएको छ। आयोजक ‘नेपाली समुदाय जोहोर’ ले मलेसियामा रहनुभएका सम्पूर्ण नेपाली खेलप्रेमी तथा समुदायलाई उपस्थित भई कार्यक्रम भव्य रूपमा सफल बनाउन हार्दिक निमन्त्रणा गरेको छ।
प्रतियोगितामा टिम दर्ता तथा थप जानकारीका लागि निम्न व्यक्तिहरूसँग सम्पर्क गर्न सकिनेछ:
-
प्रेम श्रेष्ठ: 01111418672
-
रमेश मल्ल: 0167713001
-
ओलि बाबु: 01168160598