बाबुराम सुनार
दुबई, संयुक्त अरब इमिरेट्स । “सेवा नै धर्म हो” भन्ने मूल नाराका साथ स्थापित रुपन्देही सेवा समाज यूएईको आयोजनामा संयुक्त अरब इमिरेट्स (यूएई) मा बृहत् ‘रुपन्देही सांस्कृतिक साँझ २०२६’ सम्पन्न हुने भएको छ।
नयाँ वर्ष २०२७ को शुभारम्भको अवसर पारेर आगामी २० डिसेम्बर २०२६, आइतबारका दिन बर दुबईस्थित ‘याक एण्ड येती क्लब एभरेस्ट’ मा सो परोपकारी तथा सांस्कृतिक कार्यक्रम हुन लागेको हो।
मानव सेवा आश्रम तथा गरिब एवं जेहेन्दार विद्यार्थीको सहयोगार्थ यस कार्यक्रमको आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ। परोपकार र मानवीय सहायताको यो महाअभियानमा जोडिन यूएईमा रहेका सम्पूर्ण संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, व्यवसायी तथा नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहुन हार्दिक अनुरोध गरिएको छ।
कार्यक्रमका मुख्य आकर्षणहरू:
-
चर्चित गायक तथा सर्जक श्री अर्जुन सापकोटाको विशेष सांगीतिक प्रस्तुति।
-
‘Voice of Nepal Season 7’ का सेमिफाइनलिस्ट, कुशल गायिका श्री अञ्जना सारु मगरको सुमधुर गायन।
-
यूएईमा सक्रिय चर्चित स्थानीय कलाकारहरूको बेजोड सांगीतिक तथा सांकृतिक नृत्य प्रस्तुति।
सहयोगी तथा प्रायोजकहरू:
यस परोपकारी अभियानलाई सफल बनाउन विभिन्न संघ–संस्था तथा व्यावसायिक प्रतिष्ठानहरूको उल्लेखनीय साथ रहेको छ:
-
Title Sponsor: 🔹 Binod Gold Jewellery
-
Co-Sponsor: 🔹 Purple Patch Flowers
-
Silver Sponsors: 🔹 Neeko Polyclinic | 🔹 Himalayan Global Jewellery LLC
-
Sponsors: 🔹 Kosheli Travel & Tourism | 🔹 Silver Spoon Nepali Restaurant | 🔹 Shubh Marga Travel and Tourism LLC | 🔹 Shubh Marga Textile and Tailoring LLC
विशेष अनुरोध:
कार्यक्रमलाई भव्य र सफल बनाउन तथा सम्पूर्ण नेपाली समुदायको सहज सहभागिता सुनिश्चित गर्न सोही दिन अन्य कुनै पनि संघ–संस्थाहरूले जुध्ने गरी अन्य कार्यक्रमहरू नराखी सहयोग गरिदिनुहुन आयोजकले विशेष अनुरोध गरेको छ।
कला र संस्कृतिको संरक्षण, र मानव सेवामा हातेमालो गर्दै परोपकारको यो महाअभियानलाई सफल बनाउन उपस्थित हुन सबैमा हार्दिक आह्वान गरिएको छ।
— प्रदीप पुन मगर
महासचिव, रुपन्देही सेवा समाज यूएई एवम् समस्त परिवार