२५ असोज, काठमाडौं । प्रहरी वृत्त, कीर्तिपुरद्वारा नियमित कार्यसम्पादन प्रगति तथा सुझाव संकलनका लागि नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सामुदायिक सेवा केन्द्रसंगको सहकार्यमा कीर्तिपुर, नयॉबजारस्थित कृष्ण क्याटरिङ हलमा आज आईतवार बिहान आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि मेयर कृष्णमान डंगोलले आवश्यकताअनुसार थप सुरक्षा जनशक्ति परिचालन र गतिविधिमा सक्रियता ल्याउन आग्रह एवं सुझाव राख्नुभयो । वृत्त प्रमुख डिएसपि शिवकुमार बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रमा कीर्तिपुर नगरपालिकाका वडा ८, ९ र १० का वडाअध्यक्षहरु सानुमैया महर्जन, दिनेश श्रेष्ठ र नरेश महर्जन, सामुदायिक सेवा केन्द्र, ट्याङ्लाफॉटका अध्यक्ष सुरेन्द्र उप्रेतीलगायत विभिन्न संघ, संस्थाका प्रतिनिधि तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रहरी निरीक्षक हिक्मत बहादुर थापाले वृत्तले गरेका कार्यसम्पादनका बारेमा प्रस्तुति राख्नुभएको थियो । कार्यक्रममा १० वडाअध्यक्ष नरेश महर्जन र सामुलायिक सेवा केन्द्र कीर्तिपुरका उपाध्यक्ष एवं संचारकर्मी विरेन्द्र शाक्य ‘विविशा’ले मन्तव्य राख्नुभएको थियो । उपस्थित प्रतिनिधि एवं सर्वसाधारणहरुले कीर्तिपुरको सुरक्षावस्था र घटनाहरुका बारेमा जिज्ञासा र सुझावहरु राख्नुभएको बताएको छ ।