सोमवार, साउन १८, २०८३ | August 3, 2026

साउन २६ गते कीर्तिपुरमा नगरव्यापी पौडी प्रतियोगिता हुॅदै

साउन २६ गते कीर्तिपुरमा नगरव्यापी पौडी प्रतियोगिता हुॅदै

  • Naveen Sanchar

  • सोमवार, साउन १८, २०८३

  • 43
    Views
साउन २६ गते कीर्तिपुरमा नगरव्यापी पौडी प्रतियोगिता हुॅदै

१८ साउन, काठमाडौं । आगामी साउन २६ मंगलवार कीर्तिपुरमा पौडी प्रतियोगिता हुॅदैछ । हरेक वर्ष नेवाः समुदायको गथांम्वः पर्वको अवसरमा कीर्तिपुर नगरपालिका ३ नं. वढा कार्यालयद्वारा स्थानीय खासिबजार क्लवसंगको सहकार्यमा आयोजना गर्दै आएको प्रतियोगिता स्थानीय भिं पुखू पोखरीमा आयोजना गरिन्छ । नेवाः समुदायमा गथांम्वः भूत पन्साईसकेपछि चोख्याउन पोखरीमा पौडिने मौलिक परम्पराको सम्बद्र्धन, प्रबद्र्धन गर्ने उद्देश्यले ३ वडा कार्यालयद्वारा उक्त प्रतियोगिता ०७९ सालबाट सुरु गरिएको हो । प्रतियोगिता कीर्तिपुर नगरव्यापी खुल्ला पुरुषहरुबीच हुने जनाएको छ । प्रतियोगितामा सहभागी हुन वडा कार्यालयले सार्वजनिक सूचना आव्हान गरेको छ भने आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha