बिहिबार, असार १८, २०८३ | July 2, 2026

४ वर्षको अवधिमा मेयरसमेत ५ जनप्रतिनिधि गुमाए कीर्तिपुरले

४ वर्षको अवधिमा मेयरसमेत ५ जनप्रतिनिधि गुमाए कीर्तिपुरले

  • Naveen Sanchar

  • बुधबार, असार १७, २०८३

  • 14
    Views
४ वर्षको अवधिमा मेयरसमेत ५ जनप्रतिनिधि गुमाए कीर्तिपुरले

१७ असार, काठमाडौं । २०७९ साल बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट आएका जनप्रतिनिधिहरुको कार्यकाल ४ वर्ष पूरा भई ५ औं वर्षमा चलिरहेको छ । यो अवधिमा आईपुग्दा कीर्तिपुरले मेयरसमेत ५ जना जनप्रतिनिधि गुमाएको छ ।
०८० बैशाख १ गते चम्पादेवी मेलाका दिन बाईक दुर्घटनामा ४ वडाअध्यक्ष श्यामकुमार अधिकारी गम्भिर घाईते भई १० गते निधन भयो । संयोगवस् सोहि दिन ५ वडाका मनोनित कार्यपालिका सदस्य श्याम दानकोटीको पनि निधन भयो । ०८१ फागुन २३ गते १ नं. वडाका अध्यक्ष हिरालाल महर्जन गम्भिर बिरामी भई बिते । त्यसको ४ महिना नहुॅदै मेयर राजकुमार नकर्मीको ०८२ साउन १० गते आकस्मिक स्वर्गारोहण भयो । मृगौलाको उपचार गराउॅदै आएका नकर्मी उपचारकै सिलसिलामा निधन भयो । त्यसपछि मंसिर १६ गते सरकारले गराएको उपनिर्वाचनबाट मेयरमा नेपाली कांग्रेसकै कृष्णमान डंगोल विजय भएर आए भने ४ वडाअध्यक्षमा पनि कांग्रेसकै राजेन्द्र वानियाले जिते ।
भदौ २४ को जेन्जी प्रदर्शनमा वर्षाहितीको प्रशासकिय भवन क्षति भई हाल त्रिविस्थित जनस्वास्थ्य विभागमा संचालन हुॅदै आएको कीर्तिपुर नगरपालिका कार्यालयमा निर्वाचित जनप्रतिनिधिको १ वर्ष कार्यकाल बॉकी रहॅदा आज असार १७ गते ८ वडा सदस्य एवं जिल्ला समनवय समिति सदस्य नरेन्द्र श्रेष्ठको आकस्मिक निधन हुन पुग्यो । यसरी ५ वर्षे कार्यकालमा ४ वर्षको अवधिमा कीर्तिपुरले ५ जनप्रतिनिधि गुमाई अपूरणीय क्षति व्यहोर्न बाध्य पर्‍यो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha