शुक्रबार, जेष्ठ २९, २०८३ | June 12, 2026

कीर्तिपुर २ वडाको वन क्षेत्रमा बृक्षरोपण कार्यक्रम

कीर्तिपुर २ वडाको वन क्षेत्रमा बृक्षरोपण कार्यक्रम

  • Naveen Sanchar

  • शुक्रबार, जेष्ठ २९, २०८३

  • 52
    Views
कीर्तिपुर २ वडाको वन क्षेत्रमा बृक्षरोपण कार्यक्रम

२९ जेठ, काठमाडौं । कीर्तिपुर नगरपालिका २ जडाको वन क्षेत्रमा बृक्षरोपण गरिएको छ । आज शुक्रवार बिहान लिली लिभ्स् र असल छिमेकी नेपालसंगको सहकार्यमा कीर्तिपुर नगरपालिकाले पातलिंदै गएको वन क्षेत्रमा थप बिरुवाहरु रोपी हरियाली प्रबर्ध्दन र पर्यावरण संरक्षण गर्ने उद्देश्यले नेपाली रैथाने जातीका बिरुवाहरु रोपिएको २ वडाअध्यक्ष ई. रुपेश महर्जनले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले नगरपालिकाको स्वच्छ कीर्तिपुर निर्माणको नीति र उद्देश्यअनुरुप लिली लिभ्स् र असल छिमेकी नेपालको सहयोगको सराहना गर्दै खुला क्षेत्र र प्राणी बॉच्न नभई नहुने प्राणवायुका लागि पर्यावरण संरक्षण आफ्‌नो प्राथमिकता रहेको धारणा राख्नुभएको बताईएको छ । कीर्तिपुर प्रवेशको नयॉ बाटो र २ वडाको वन क्षेत्रमा हरियाली प्रबद्र्धनका लागि लिली लिभ्स् नामक संस्थालाई सम्झौतामाफ्रत् ५ वर्षका लागि जिम्मेवारी दिईएको नगरपालिकाले जनाएको छ । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र स्थानीयहरुको सहभागिता रहेको बताईएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha