१४ जेठ, काठमाडौं । काठमाडौंको बल्खु, टेकुसिस्थित ग्रीन लन्स् एकेडेमिले ०८२ सालको एसईई नतिजामा शतप्रतिशत नतिजा हासिल गर्न सफल भएको छ । विद्यालयले जनाएअनुसार चैत १९–२९ सम्म भएको ०८२ सालको एसईई परीक्षामा उक्त विद्यालयबाट ४९ जना विद्यार्थी सहभागी भएकोमा उत्कृष्ट नतिजासहित सबै उत्तीर्ण भएको जनाएको छ । साथै उक्र विद्यालयकी छात्रा स्मृति झाले ४ जिपिएसहित सर्वोत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताईएको छ । विद्यालयले दिएको जानकारीअनुसार कूल ४९ जना विद्यार्थीमध्ये ए प्लस ३२ जना, ए १५ जना र २ जना बि प्लससहित उत्तीर्ण हुन सफल भएको बताईएको छ । उत्कृष्ट नतिजा ल्याई विद्यालयको प्रतिष्ठा बढाउने छात्र–छात्राहरुलाई विशेष सम्मान गरिएको जानकारी प्राप्त भएको छ ।