१३ जेठ, काठमाडौं । प्रतिनिधि सभा सदस्य माननीय प्रदीप विष्टले संघीय संसद्को आजको बैठकमा काठमाडौं १० नं. निर्वाचन क्षेत्र राजधानीमा रहेर पनि उपेक्षित रहेको धारणा राख्नुभएको छ । बैठकमा उहॉले काठमाडौं जिल्लाकै सबैभन्दा ठूलो निर्वाचन क्षेत्र भएरपनि यो क्षेत्र काठमाडौं महानगरपालिकाले नछुने एकमात्र क्षेत्र १० नं. बनेको बताउनुभयो । १० नं. क्षेत्रमा कीर्तिपुर नगरपालिका, दक्षिणकाली नगरपालिका र चन्द्रागिरि नगरपालिकाका वडा नं। २ देखि ११ सम्म पर्दछन् । बाहिरबाट हेर्दा राजधानीु भनिएपनि यहाँको धरातलीय यथार्थ अत्यन्तै दुर्गम र ग्रामीण रहेको विष्टको भनाई रहेको छ ।