बिहिबार, बैशाख २४, २०८३ | May 7, 2026

असार ३ गते रातो मच्छिन्द्रनाथको जावलाखेल रथयात्रा तय

असार ३ गते रातो मच्छिन्द्रनाथको जावलाखेल रथयात्रा तय

  • Naveen Sanchar

  • बिहिबार, बैशाख २४, २०८३

  • 102
    Views
असार ३ गते रातो मच्छिन्द्रनाथको जावलाखेल रथयात्रा तय

२४ बैशाख, काठमाडौं । नेपालकै सर्वाधिक लामो जात्राको पहिचान बनाएको ललितपुरको रातो मच्छिन्द्रनाथको जावलाखेल रथयात्रा असार ३ गते तय भएको छ । आज बिहिवार ज्योतिषीहरुले उक्त साइृत जुराएको हो । लगनखेलनजिक थति टोल चोकमा छ । नरिवल जात्राको भोलीपल्ट महिलाहरुले रथ तानेर थति टोलमा पुर्‍याएपछि आउने बिहिवार साईत हेर्ने परम्पराअनुसार आज मंगलबजारको पाटीमा बसि ज्योतिषीलगायत रथयात्राका प्रतिनिधिमण्डलले जावलाखेल रथयात्राको साईत जुराएको हो । रथ जावलाखेलको मण्डपमा पुगेको चौथो दिनमा भोटो जात्रा गरि रथयात्रा सम्पन्न हुन्छ । असार ३ गतेनै रथ जावलाखेल पुगेको खण्डमा ६ गते भोटो जात्रा हुनेछ । उक्त दिन उपत्यकामा सार्वजनिक विदा दिने चलन रहिआएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha