९ बैशाख, काठमाडाैं । नुवाकाेट २ घर भई काठमाडाैं, स्यूचाटार बस्दै आएका वर्ष ४५ का बासु ढुंगाना कीर्तिपुर २ स्थित वन क्षेत्रमा मृत फेला परेका छन् । आज दिउँसाे करिब ४ बजेतिर कीर्तिपुर अस्पतालनजिक न्यामासिमाकाे वन क्षेत्रभित्रकाे पाटीमा झुण्डिएकाे अवस्थामा फेला परेकाे कीर्तिपुर प्रहरीले जानकारी दिएकाे छ ।
कीर्तिपुर २ वडाकाे नेपालभाषा एकेडेमि परिसरकाे खुला पाटीकाे झ्यालकाे फलामे ग्रीलमा झुण्डिएकाे अवस्थामा नजिककाे चाैरमा कराते खेल्न आएका बाल-बालिकाहरूले देखेपछि स्थानीयलाई खबर गरेकाे बताईएकाे छ । घटनाकाे जानकारी पाएपछि घटनास्थल पुगेकाे कीर्तिपुर प्रहरी टाेलीले निजकाे परिवार बाेलाई शव पाेष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएकाे प्रनि हिक्मतबहादुर थापाले नवीनसंचारलाई जानकारी दिनुभयाे ।
बासु कीर्तिपुरमा हायस चालककाे काम गर्दै आएकाे खुलेकाे छ । कीर्तिपुर रूटमा हायस गाडी चलाउने चालकहरूले बासु राम्राे गाडी चलाउने चालक भएकाे तर मदिराकाे लत लागेपछि काम नपाएर भाैतारिएकाे बताए । घटनास्थल पुगेकी बासुकी श्रीमती विन्दा ढुंगानाले ४ गते काेठाबाट काममा हिँडेकाे परिवारमा सम्पर्कमा नआएकाे बताईन् । प्रत्यक्षदर्शीकाअनुसार बासु बाघभैरव मन्दिरमुनिकाे पाटीमा सुत्दै आएकाे बताए । बासुकी श्रीमती र तीन छाेरा रहेकाे खुलेकाे छ ।