आइतवार, बैशाख ६, २०८३ | April 19, 2026

जेसिआई कलंकीद्वारा स्टानफोर्ड मोन्टेस्सरीमा अटिजम जागरूकता कार्यक्रम आयोजना

जेसिआई कलंकीद्वारा स्टानफोर्ड मोन्टेस्सरीमा अटिजम जागरूकता कार्यक्रम आयोजना

  • Naveen Sanchar

  • आइतवार, बैशाख ६, २०८३

  • 6
    Views
जेसिआई कलंकीद्वारा स्टानफोर्ड मोन्टेस्सरीमा अटिजम जागरूकता कार्यक्रम आयोजना

स्टानफोर्ड मोन्टेस्सरी ट्रेनिङ सेन्टरमा “शिक्षकहरूका लागि प्रारम्भिक बाल्यकालमा अटिजम जागरूकता र कक्षाकोठा व्यवस्थापन” कार्यक्रम सम्पन्न भएको छ । जेसिआई कलंकीद्वारा अायाेजना गरिएकाे तालिमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि हाम्रो निमन्त्रणालाई स्वीकार गरेर आउनु भई तालिम प्रदान गर्नुभएकोमा शामेद कतिला श्रेष्ठलाई धन्यवाद ज्ञापन गर्दै तालिम लाभदायक निकै रहेको र आजको समयमा यसको अपरिहार्य आवश्यकता रहेको धारणा ब्यक्त गरिएको थियो । तालिमको महत्व र आवश्यकतालाई मध्यनजर गर्दै फेरी आगामी दिनमा पुनः संचालन गरिने बताईनुका साथै तालिम संचालनका लागि जेसिआई कलंकीका अध्यक्ष धर्मराज जोशी र जीना केसिलाई धन्यवाद एवं आभार ब्यक्त गरिएको थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha