बुधबार, चैत्र २५, २०८२ | April 8, 2026

नेपाल चेम्बरद्धारा एनआरएनएका नव–निर्वाचित पदाधिकारीहरुको स्वागत

नेपाल चेम्बरद्धारा एनआरएनएका नव–निर्वाचित पदाधिकारीहरुको स्वागत

  • Naveen Sanchar

  • बुधबार, चैत्र २५, २०८२

  • 3
    Views
नेपाल चेम्बरद्धारा एनआरएनएका नव–निर्वाचित पदाधिकारीहरुको स्वागत

२५ चैत, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले गैरआवासीय नेपाली संघ (एनआरएनए) का नव–निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको सम्मान तथा स्वागत कार्यक्रम आयोजना गरेको छ ।
सो अवसरमा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले विदेशमा रहेका नेपालीहरूले नेपालको उत्पादन, संस्कृति र पहिचानलाई विश्वसामु पु¥याउन महत्वपूर्ण सेतुको भूमिका खेल्दैै आएको बताउदै नेपालमा लगानीमैत्री वातावरण निर्माणमा निजी क्षेत्रकोभूमिका महत्वपूर्ण रहने उल्लेख समेत गर्नुभयो । उहाँले दोस्रो र तेस्रो पुस्ताका नेपालीहरूलाई मातृभूमिसँग जोडिराख्न एनआरएनएले अझ प्रभावकारी भूमिका खेल्ने पनि बताउनुभयो ।
कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको समग्र विकास, व्यापार प्रवद्र्धन तथा अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रिय पहिचानलाई सुदृढ बनाउने विषय आजको प्रमुख आवश्यकता भएको बताउनुभयो । उहाँले नेपाल प्राकृतिक स्रोत, सांस्कृतिकविविधता र मानवीय सम्भावनाले सम्पन्न भए पनि तिनको प्रभावकारी उपयोग अझै हुन नसकेको उल्लेख गर्नुभयो । अध्यक्ष अग्रवालले रणनीतिक ढंगले स्रोत परिचालन गर्नुपर्नेमा जोड दिदै नेपाल चेम्बर र एनआरएन बीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले मेड ईन नेपाललाई अन्तर्राष्ट्रियब्रान्डका रूपमा स्थापित गर्न स्थानीय उत्पादनको प्रवद्र्धन, निर्यात वृद्धि, पर्यटन विकास तथा वैदेशिक लगानी आकर्षण अपरिहार्य रहेको उल्लेख गर्दै सरकार, निजी क्षेत्र र नागरिकबीच सहकार्य बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कान्तिपथ स्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स र एनआरएनएका पदाधिकारी एवं सदस्यहरुको उपस्थिती रहेको थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha