शुक्रबार, चैत्र २०, २०८२ | April 3, 2026

कीर्तिपुरमा आज सहीद दिवस: सहीद प्रतिमामा माल्यार्पण र प्रभातफेरि सम्पन्न

कीर्तिपुरमा आज सहीद दिवस: सहीद प्रतिमामा माल्यार्पण र प्रभातफेरि सम्पन्न

  • Naveen Sanchar

  • शुक्रबार, चैत्र २०, २०८२

  • 79
    Views
कीर्तिपुरमा आज सहीद दिवस: सहीद प्रतिमामा माल्यार्पण र प्रभातफेरि सम्पन्न

२० चैत, काठमाडौं । आज बिहान कीर्तिपुर ३ स्थित खासिबजारको सहीद स्तम्भमा माल्यार्पण र प्रभातफेरि गरि सहीद दिवस मनाईएको छ । वि. सं. ०४६ सालको जनआन्दोलनमा कीर्तिपुरमा सहादत वीर सहीदहरु राजमान माली, राजेन्द्र महर्जन, हिराकाजी महर्जन र लनबहादुर महर्जनको स्मृतिमा ०४७ सालदेखि कीर्तिपुरमा चैत २० गतेका दिन सहीद दिवस मनाउन सुरु गरिएको हो । सहीद स्मृति ब्यवस्थापन समितिको आयोजनामा भएको कार्यक्रममा काठमाडौं १० का नवनिर्वाचित सांसद प्रदीप विष्ट, वागमती प्रदेश सभाका सांसद एवं पूर्वमन्त्री पुकार महर्जन र कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोललगायत जन प्रतिनिधि, कर्मचारी तथा विभिन्न संघ, संस्था, कलेज र विद्यालयका शिक्षक, छात्र–छात्राहरुको सहभागिता रहेको बताईएको छ । प्रभातफेरि कीर्तिपुर, पांगा र नगाउ‘ परिक्रमा गरि समापन गरिएको र आजको दिन कीर्तिपुर नगरपालिकाले सार्वजनिक सूचना प्रकाशित गरि स्थानीय सार्वजनिक विदासमेत दिंदै आएको सहीद स्मृति ब्यवस्थापन समितिका सचिव नारायण महर्जनले बताउनु भयो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha