बिहिबार, चैत्र १९, २०८२ | April 2, 2026

अनुसन्धानमा सामुदायिक वन

अनुसन्धानमा सामुदायिक वन

  • Naveen Sanchar

  • बुधबार, चैत्र १८, २०८२

  • 7
    Views
अनुसन्धानमा सामुदायिक वन
चैत १८, काठमाडौं । त्रिभुवन विश्वविद्याल वनविज्ञान अध्ययन संस्थानले राष्ट्रीय प्राथमिकता प्राप्त अनुसन्धान परियोजना अन्तर्गत ” Socio- Ecological Dimensions of Community Forestry in the Changing Context of Nepal” शीर्षकको अनुसन्धान परियोजनाको प्रारम्भिक अन्तरक्रिया गरेको छ । प्रमुख अनुसन्धानकर्ता डा.सोनी बराल र सहअनुसन्धानकर्ता प्रा.डा कृष्णराज तिवारी र प्रा.ड वीरबहादुर खनाल रहनुभएको उक्त अनुसन्धान परियोजनाले देशभर रहेका सामुदायिक वनहरुको ढाँचा (Model) एकै प्रकारको रहेको सन्दर्भमा वनलाई जीवन र अर्थतन्त्रसँग जोडन भौगिलिक परिवेश र स्थानीय आवश्यकताका आधारमा सरोकारवालासँग प्रत्यक्ष छलफल गरी सामुदायिक वनको नयाँ ढाचा (Model) हरु प्रस्ताव समेत गर्नेछ ।
प्रारम्भिक छलफलमा प्रमुख अनुसन्धानकर्ता डा.सोनी बरालले ” Understanding Relations between People and Forest: A Socio- Ecological Dimenstion of Community Forestry” शीर्षकको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । छलफलमा वन तथा वातावरण मन्त्रालय,वन विभाग, वन उपभोक्ता महासंघ, वनसँग सम्वन्धी गैरसरकारी संस्था Resilient communities, sustainable and equitable forest landscapes (RECOFTC), वनसँग सम्वन्धित विषयमा अनुसन्धारत संस्था Southasia Institute of Advanced Studies(SIAS), वन विज्ञान विषयहरुका प्राध्यापक तथा शोधार्थी विद्यार्थीहरु आमन्त्रित उक्त छलफलमा सहभागीहरु सामुदायिक वनको पहिचान कायम राख्न, वनसँग समुदायको अपनत्व वढाउन, वनवाट उत्पादित सामाग्रीहरुको बजारीकरण गर्न, सामुदायिक बनप्रतिको नकरात्मक सहरी भाष्यलाई चिर्दै आदिवासी,सिमान्तकृत समुदायको उत्थानका लागी सामुदायिक वन प्रभावकारी हुने विषयलाई अनुसन्धान प्राप्तीमा जोड दिन समेत सुझाव दिनुभएको थियो । छलफलमा माथिल्लो निकायवाट वनेको कानून तथा नीतिहरु सामुदायिक वनको पक्षमा नरहेको, सामुदायिक बनलाई घाँउ दाउरा मात्रै भनेर बुझ्ने गरेको, स्थानियहरुको आवाजहरु प्रतिविम्वित नभएको गुनासोका विषयमा पनि सरोकारवालाहरुले ध्यानकर्षण गर्नुभएको थियो । डिसेम्वर सन् २०२५ मा स्वीकृत भएको उक्त अनुसन्धान परियोजनाको लागत रु ४३ लाख रहेको, परियोजनामा ३ जना स्नातकोत्तर र १ जना विद्यावारिधि तहमा अध्ययरत शोर्धाथी संलग्न रहेको साथै अनुसन्धान परियोजनाकै विषयमा आधारित रहेर ४ वटा अन्तराष्ट्रीय अनुसन्धान अनुसन्धान जर्नलमा लेख प्रकाशित गर्ने योजना रहेको मुख्य अनुसन्धानकर्ता डा.सोनी बरालले जानकारी दिनुभएको थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha