चैत १४, काठमाडौं । चैत १३ गते राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा गठन भएको नेपाल सरकारको सोहि दिन बसेको मन्त्रिपरिषद्को बैठकले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दै पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपि शर्मा ओली र पूर्वगृहमन्त्ती रमेश खेखकलाई पक्राऊ परिएको छ । ओलीलाई भक्तपुरको गुन्डुस्थित त्रिवास र लेखकलाई कटुञ्जेबाट बिहान नियन्त्रणमा लिईएको प्रहरीले जनाएको । पक्राऊ पूर्जीमा ज्यानसम्बन्धी कसूरमा अनुसन्धान गर्नुपर्ने उल्लेख गरिएको छ । निवासबाट नियन्त्रणपछि ओलीलाइृ स्वास्थ्य परिक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ भने पाटीृ अध्यक्ष पक्राऊपछि नेकपा एमालेका कार्यकर्ताहरु सरकारविरुद्धको प्रदर्शनमा सडकमा उत्रिएको छ ।