शुक्रबार, चैत्र ६, २०८२ | March 20, 2026

कीर्तिपुरमा सहीद दिवस भब्यतापूर्वक मनाउने तयारी

कीर्तिपुरमा सहीद दिवस भब्यतापूर्वक मनाउने तयारी

  • Naveen Sanchar

  • शुक्रबार, चैत्र ६, २०८२

  • 60
    Views
कीर्तिपुरमा सहीद दिवस भब्यतापूर्वक मनाउने तयारी

चैत २० नजिकिंदा कीर्तिपुरमा सहीद दिवस भब्यरुपमा मनाउने तयारी सुरु भएको बताईएको छ । वि. सं. ०४६ सालको जनआन्दोलनमा सहादत चार वीर सहीदहरु राजमान माली, राजेन्द्र महर्जन, हिराकाजी महर्जन र लनबहादुर महर्जनको स्मृतिमा कीर्तिपुरमा ०४७ सालदेखि हरेक वर्ष चैत २० गते कीर्तिपुरमा विभिन्न कार्यक्रम आयोजना गरि सहीद विस मनाईंदै आएको हो । तत्कालिन पंचायती ब्यवस्थाविरुद्ध भएको जनआन्दोलनमा ०४६ साल चैत २० गतेका दिन प्रहरीको गोली लागी चार जना सहादत भएको थियो । कीर्तिपुर नगरपालिका ३ वडास्थित खासिबजारको प्रहरी चौकीअगाडि चार सहीदहरुको प्रतिमा स्थापना गरि सहीद दिवस मनाउन सुरु गरिएको सहीद स्मृति ब्यवस्थापन समितिका अध्यक्ष नारायण महर्जनले बताउनुभयो । यो वर्ष पनि आउने चैत २० गतेदेखि सप्ताहब्यापीरुपमा विभिन्न कार्यक्रम गरि सहीद दिवस भब्यतापूर्वक मनाउने तयारीमा समितिको बैठक बसेको महर्जनले नवीनसञ्चारलाई जानकारी दिनुभयो । साथै उक्त दिन कीर्तिपुरमा स्थानीय सार्वजनिक विदा दिंदै आएको पनि उहॉले बताउनुभयो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha