आइतवार, चैत्र १, २०८२ | March 15, 2026

अलकासिममा इदको अवसरमा खुल्ला भलिबल प्रतियोगिता आयोजना हुने

अलकासिममा इदको अवसरमा खुल्ला भलिबल प्रतियोगिता आयोजना हुने

  • देबी बहादुर सुतार कार्की मध्यपूर्व संयोजक – नवीन सन्चार

  • आइतवार, चैत्र १, २०८२

  • 72
    Views
अलकासिममा इदको अवसरमा खुल्ला भलिबल प्रतियोगिता आयोजना हुने

नबिन सन्चार साउदी अरव
साउदी अरबको अलकासिम क्षेत्रमा इद–उल–फित्रको अवसर पारेर खुल्ला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समन्वय समिति अलकासिमको आयोजनामा हुने उक्त प्रतियोगिता आगामी २० मार्च २०२५ अर्थात् इदको पहिलो दिन सञ्चालन गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागिता जनाउन इच्छुक नेपाली टिम तथा खेलाडीहरूलाई आयोजकले हार्दिक निमन्त्रणा गरेको छ। प्रतियोगिता खुला हुने र एक टिममा अधिकतम ९ जना खेलाडी सहभागी हुन पाउने व्यवस्था गरिएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमहरूलाई नगदसहित आकर्षक पुरस्कार प्रदान गरिनेछ। प्रथम हुने टिमले १,५०० साउदी रियालसहित मेडल र ट्रफी प्राप्त गर्नेछ भने दोस्रो हुने टिमलाई ८०० साउदी रियालसहित मेडल प्रदान गरिनेछ। त्यस्तै सान्त्वना स्थान हासिल गर्ने टिमलाई ४०० साउदी रियालसहित मेडल प्रदान गरिने आयोजकले जनाएको छ।

टिम दर्ता शुल्क २०० साउदी रियाल तोकिएको छ। खेलका क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्री तथा आयोजकको निर्णय अन्तिम हुने बताइएको छ। साथै खेलका क्रममा घाइते भएमा सम्बन्धित टिम स्वयं जिम्मेवार हुने व्यवस्था गरिएको छ। प्रतियोगिताको फाइनल खेल सोही दिन राति सम्पन्न हुने आयोजकले जानकारी दिएको छ।

साउदी अरबमा प्रतिबन्धित पदार्थ सेवन गरेर खेल मैदानमा प्रवेश गर्न पूर्ण रूपमा निषेध गरिएको भन्दै आयोजकले सबै खेलाडीलाई अनुशासन र सभ्य व्यवहार कायम राख्न विशेष आग्रह गरेको छ।

प्रतियोगितामा सहभागी हुन चाहने टिम तथा खेलाडीहरूले थप जानकारीका लागि विनोद खड्का (0540717513), मोहनजङ्ग छेत्री (0557845909) र तिल राना (0506824168) सँग सम्पर्क गर्न सक्नेछन्।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha