काठमाडौं । ग्लोबल नेपाल युथ नेटवर्कका अध्यक्ष मदनराज पौडेलले गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी महाधिवेशनमा आइसीसी युवा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
सन् २०१५ मा अष्ट्रेलिया पुगेका पौडेल त्यहाँ विभिन्न नेपाली संघ–संस्थामा आवद्ध भई सक्रिय रूपमा काम गर्दै आएका छन्। उनले प्रवासी नेपाली समुदायको हक–हित संरक्षण, आपसी एकता तथा युवाको नेतृत्व विकासमा निरन्तर योगदान दिँदै आएका छन्।
युवामाझ लोकप्रिय, संगठन निर्माणमा अनुभवी तथा समन्वयकारी नेतृत्वको छवि बनाएका पौडेलले उम्मेदवारी घोषणा गरेसँगै एनआरएनएभित्र उनको पक्षमा सकारात्मक माहोल बन्दै गएको बताइएको छ।
उनको उम्मेदवारीले एनआरएनएभित्र युवाको सशक्त सहभागिता, पारदर्शी नेतृत्व र संस्थागत एकतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। अष्ट्रेलियामा रहेका नेपाली युवामात्र नभई विश्वभरका प्रवासी नेपाली युवाहरूबीच पनि उनको उम्मेदवारीलाई चासोका साथ हेरिएको छ।
पौडेलले एनआरएनएलाई व्यक्तिगत वा गुटगत स्वार्थभन्दा माथि उठाएर सबै प्रवासी नेपालीहरूको साझा संस्था बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।