मङ्लबार, फाल्गुन २६, २०८२ | March 10, 2026

एनआरएनए, नेदरल्याण्डले मनायो ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस

एनआरएनए, नेदरल्याण्डले मनायो ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस

  • Naveen Sanchar

  • आइतवार, फाल्गुन २४, २०८२

  • 50
    Views
एनआरएनए, नेदरल्याण्डले मनायो ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस
-नवीनसञ्चार सम्वाददाता
नेदरल्याण्ड ।
गैरआवासीय नेपाली संघ एनआरएनए, नेदरल्याण्डले एक समारोहका साथ ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । दिवसको अवसरमा भर्चुअल माध्यम(जुम)मार्फत “Give to Gain: Strategic Diaspora Engagement for Advancing Women in Nepal and Nepalese Women in the World” भन्ने नाराका साथ   शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा एनआरएनए–आईसीसी उपाध्यक्ष रोजिना प्रधान राई को उपस्थिति रहेको थियो भने विशिष्ट अतिथिहरूमा डा. बद्री केसी, एनआरएनए–आईसीसी उपाध्यक्ष रामशरण सिम्खडा, तथा होस्ट कन्ट्री नेदरल्याण्डका संस्थापक अध्यक्ष, एनआरएनए–आईसीसी पूर्व सल्लाहकार तथा नेपाल पर्यटन बोर्डका पूर्व मानार्थ प्रतिनिधि शशीकान्त पौड्यालको उपस्थिति रहेको थियो।
त्यसैगरी विशेष अतिथिहरूमा एनआरएनए–आईसीसी सचिव टिका गुरुङ, डिपुटी सेक्रेटरी रविन बज्राचार्य, एनआरएनए–आईसीसी महिला कोषाध्यक्ष कञ्चन थापा, युरोप क्षेत्रीय संयोजक डा. चिरञ्जीवी खड्का, युरोप महिला संयोजक प्रशुम्ना कडेल, एनआरएनए–आईसीसी महिला संयोजक अनुजा प्रधान, नेदरल्याण्डका आईसीसी मानार्थ सदस्य टिकाराम सापकोटा, एनआरएनए–एनसीसी नेदरल्याण्डका बोर्ड सदस्यहरू, प्याट्रोन तथा सल्लाहकारहरू, नेदरल्याण्डस्थित विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिज्यूहरू, व्यवसायी संघका अध्यक्ष तथा एनआरएनए–एनसीसी नेदरल्याण्डका सल्लाहकार एवं पूर्व महासचिव संघर्षशील केसी, नेपाल फण्ड फाउन्डेशनका अध्यक्ष राजेन्द्र शर्मा, कनेक्ट फाउन्डेशन प्लसका अध्यक्ष दुर्गा प्रसाद मैनाली लगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी इन्जिनियरिङ एसोसिएसन नेदरल्याण्डकी अध्यक्ष तथा एनआरएनए–एनसीसी नेदरल्याण्डकी कोषाध्यक्ष सबिना श्रेष्ठ, सचिव भुवन गिरी, महिला संयोजक सुजाता शाक्य बिष्ट, कार्यसमिति सदस्यहरू, INAS नेदरल्याण्डकी अध्यक्ष चन्दना खड्का, प्रवासी नेपाली मञ्च अस्ट्रियाकी अध्यक्ष तथा एनआरएनए अभियन्ता बाबा राजेश्वरी थापा, एनआरएनए–आईसीसी पूर्व महिला संयोजक रजनी प्रधान, बेल्जियम एनआरएनए–एनसीसी महिला संयोजक सरिता पौडेल धमला तथा बेल्जियम एनआरएनए–एनसीसी अध्यक्ष लोकेन्द्र नेपाल लगायतको उपस्थिति रहेको थियो।
यसैगरी अतिथिहरूमा एनआरएनए–एनसीसी यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी तथा यूकेका आईसीसी सदस्य एवं BritainNepal.com का प्रमुख संवाददाता चिरन शर्मा, एनआरएनए–एनसीसी नर्वेकी अध्यक्ष श्रद्धा सिंह थापा (जसले कार्यक्रममा प्रस्तुतीकरण पनि दिनुभयो), एनआरएनए–एनसीसी फ्रान्स अध्यक्ष मिनकुमार श्रेष्ठ, एनआरएनए–एनसीसी डेनमार्क अध्यक्ष सुरेश पुन, एनआरएनए–एनसीसी अस्ट्रिया विनोद चौलागाईं, एनआरएनए–एनसीसी नर्वे महिला संयोजक सृजना बस्ताकोटी, यूकेकी बिनु लामिछाने घिमिरे लगायतको सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन एनआरएनए–एनसीसी नेदरल्याण्डका महासचिव सुजन कटुवाल ज्युले गर्नुभएको थियो।
जुममार्फत कार्यक्रममा सहभागी हुने क्रममा देखिएको प्राविधिक कठिनाइका कारण चाहेर पनि कार्यक्रममा सहभागी हुन नसक्नु भएका धेरै दिदीबहिनीहरू तथा उहाँहरूले पठाउनुभएको शुभकामना सन्देशप्रति आयोजकले विशेष धन्यवाद व्यक्त गरेको छ। साथै एनआरएनए–आईसीसी उपाध्यक्ष हेमराज शर्मा, संस्थापक सदस्य इन्द्रा बन, पूर्व महिला डेपुटी संयोजक रञ्जु वाग्ले थापा, पूर्व महिला संयोजक शान्ति अर्याल, सरस्वती कार्की, इन्दिरा त्रिपाठी, शान्ति वाग्ले पौड्याल, किरण सिग्देल ढकाल, एनसीसी नेदरल्याण्ड महिला संयोजक सुजाता शाक्य बिष्ट, निवर्तमान महिला संयोजक सरोज ढकाल गिरी, Women Forum Nederland तथा Women’s Day 2026 Group का सम्पूर्ण दिदीबहिनीहरूका शुभकामना सन्देशप्रति आयोजक कृतज्ञ रहेको जनाएको छ।
कार्यक्रमको प्राविधिक व्यवस्थापनमा सहयोग पुर्‍याउनु हुने BritainNepal.com, सनत आचार्य तथा माधव अधिकारी ज्युप्रति पनि विशेष धन्यवाद व्यक्त गरिएको छ। साथै नेदरल्याण्डवासी तथा विश्वभर छरिएर रहनु भएका सम्पूर्ण आमा, दिदीबहिनीहरूलाई अन्तर्राष्ट्रिय महिला दिवसको हार्दिक शुभकामना व्यक्त गरिएको छ।
कार्यक्रमका अतिथिज्यूहरू तथा उपस्थित सम्पूर्ण महानुभावहरूप्रति एनआरएनए–एनसीसी नेदरल्याण्डले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। कार्यक्रममा “One NCC One Project” अन्तर्गत ल्याइने “जननी प्रोजेक्ट” को घोषणा पनि गरिएको थियो।
कार्यक्रमको समापन गर्दै महिला सशक्तीकरण र अधिकारका लागि सबै मिलेर अगाडि बढ्ने, नारामा मात्र सीमित नरही व्यवहारिक कार्यान्वयनमा जोड दिने प्रतिबद्धता व्यक्त गरिएको थियो।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha