शनिबार, फाल्गुन २३, २०८२ | March 7, 2026

एएनए अध्यक्ष अधिकारीद्वारा आभार व्यक्त

एएनए अध्यक्ष अधिकारीद्वारा आभार व्यक्त

  • Naveen Sanchar

  • शुक्रबार, फाल्गुन २२, २०८२

  • 117
    Views
एएनए अध्यक्ष अधिकारीद्वारा आभार व्यक्त
नवीनसञ्चार सम्वाददाता,
Association of Nepalis in the Americas (एएनए) का अध्यक्ष खगेन्द्र अधिकारीले आफ्नो सार्वभौम र संवैधानिक अधिकारको प्रयोग गर्दै लोकतन्त्रको गरिमालाई उच्च राख्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक आभार व्यक्त गर्नुभएको छ । निर्वाचनले नेपाली जनताको चेतना र निर्णय शक्तिलाई पुन: एक पटक प्रमाणित गरेको उहाँको विश्वास छ।
“हामीले यो अधिकार पाउँदै गर्दा ती त्याग र बलिदानहरूलाई भुल्न सक्दैनौँ। विशेष गरी भदौ २३ र २४, २०८२ मा भएको त्यो ऐतिहासिक Gen-Z जनविद्रोह र त्यस क्रममा सहादत प्राप्त गर्ने महान् शहीदहरूप्रति उहाँ मुटुको गहिराइदेखि नै उच्च सम्मान र श्रद्धाञ्जली अर्पण गर्नुहुन्छ। अधिकारीका अनुसार, आज तपाईंले खसालेको मत नै ती शहीदहरूको सपना र बलिदानीप्रतिको साँचो सम्मान हो।”
“तपाईंको एउटा मत केवल एउटा मत मात्र होइन, यो समग्र राष्ट्रको रूपान्तरण र जनताको जीवनस्तर सुधार गर्ने एउटा बलियो हतियार हो। अध्यक्ष  अधिकारीको विश्वास छ कि तपाईंको प्रत्येक मतले हाम्रो वर्तमानलाई मात्र सुधार्ने छैन, बरु हाम्रा आउने पुस्ताहरूको भविष्य समेत सुनिश्चित र निर्णायक बनाउनेछ। ‘सम्पूर्ण शान्तिप्रिय र जनमुखी नेपाली नागरिकहरूमा अध्यक्ष  अधिकारी र एएनए (ANA) परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ’- अध्यक्ष  अधिकारीले भन्नुभएको छ।
=======================================
यहाँ पनि आफ्ना समाचार, अन्तर्वार्ता, लेखरचना नवीनसञ्चार अनलाइनमा प्रकाशन गर्न इच्छुक हुनुहुन्छ भने हाम्रो इमेल ठेगाना news@naveensanchar.com मा फोटोसहित पठाउन सक्नुहुन्छ । धन्यवाद ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha