नवीनसञ्चार सम्वाददाता,
स्पेन ।
गैर आवासीय नेपाली संघ (NRNA), स्पेनको मिति ५ मार्च २०२६ मा अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा बसेको नियमित कार्यसमिति बैठकले कार्यसमिति सदस्य रमेश खनाललाई संस्थाको प्रवक्ता (Spokesperson) पदमा मनोनयन गर्ने निर्णय गरेको छ। नवनियुक्त प्रवक्ता खनाललाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दै गैर आवासीय नेपाली संघ (NRNA) स्पेनले संस्थाको विधान अधीनमा रही संस्थाको आधिकारिक धारणा, सूचना तथा गतिविधिहरू सार्वजनिक गर्ने जिम्मेवारी पूर्ण रूपमा निर्वाह गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गरेको छ।
यहाँ पनि आफ्ना समाचार, अन्तर्वार्ता, लेखरचना नवीनसञ्चार अनलाइनमा प्रकाशन गर्न इच्छुक हुनुहुन्छ भने हाम्रो इमेल ठेगाना news@naveensanchar.com मा फोटोसहित पठाउन सक्नुहुन्छ । धन्यवाद ।