-नवीनसञ्चार सम्वाददाता
युएई ।
महिला समाज, युएईले ११६ औं नारी दिवसको अवसर पारेर आयोजना गरेको वक्तृत्वकला कार्यक्रम एक हप्तापछि सञ्चालन हुने भएको छ । यही मार्च ८ तारिख ,आइतबारका दिन दुबईको SK 7 हलमा दिउँसो १ बजे आयोजना गर्ने भनिएको कार्यक्रम हाल मध्यपूर्वमा फैलिएको विषम परिस्थितिका कारण सारिएको हो । कार्यक्रम आगामी १५ मार्च, आइतवार सोही स्थान र समयमा हुने महिला समाज, युएईका कार्यक्रम संयोजक कमला थापाले बताउनुभयो । सहभागी भई कार्यक्रमलाई थप प्रभावकारी र उपलब्धिमूलक बनाउन कार्यक्रम संयोजक थापाले अनुरोध गर्नुभएको छ ।
यहाँ पनि आफ्ना समाचार, अन्तर्वार्ता, लेखरचना नवीनसञ्चार अनलाइनमा प्रकाशन गर्न इच्छुक हुनुहुन्छ भने हाम्रो इमेल ठेगाना news@naveensanchar.com मा फोटोसहित पठाउन सक्नुहुन्छ । धन्यवाद ।

