बुधबार, फाल्गुन २०, २०८२ | March 4, 2026

मध्यपूर्वमा रहेका नेपालीका लागि नेपाल सरकारको आपतकालीन पोर्टल सञ्चालन

मध्यपूर्वमा रहेका नेपालीका लागि नेपाल सरकारको आपतकालीन पोर्टल सञ्चालन

  • Naveen Sanchar

  • बुधबार, फाल्गुन २०, २०८२

  • 45
    Views
मध्यपूर्वमा रहेका नेपालीका लागि नेपाल सरकारको आपतकालीन पोर्टल सञ्चालन

साउदी अरव नबिन सन्चार

Consulate General of Nepal, Jeddah तथा Embassy of Nepal, Riyadh को समन्वयमा नेपाल सरकारले मध्यपूर्वमा रहेका नेपाली नागरिकहरूको अवस्थाबारे सूचना सङ्कलन गर्न Urgent Rescue Portal सञ्चालन गरेको छ।

हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै साउदी अरेबियासहित मध्यपूर्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई आफ्नो व्यक्तिगत विवरण अनलाइनमार्फत भर्न आग्रह गरिएको छ।

उक्त विवरण आपतकालीन उद्धार, समन्वय तथा आवश्यक सहयोगका लागि उपयोग गरिने जनाइएको छ।

नेपाल सरकारको आधिकारिक वेबसाइटमार्फत सञ्चालन गरिएको उक्त पोर्टलमा गई सम्बन्धित व्यक्तिहरूले आफ्नो नाम, सम्पर्क नम्बर, ठेगाना लगायत आवश्यक विवरण अद्यावधिक गर्न सक्नेछन्।

🔗

https://legal.nepalconsular.gov.np/urgent-rescue

 

सम्बन्धित निकायले सबै नेपाली समुदायलाई अफवाहमा नपरी आधिकारिक सूचनामात्र विश्वास गर्न र यो सूचना अरूलाई पनि सेयर गर्न अनुरोध गरेको छ।

पोर्टल निर्माण गरिएको सम्बन्धी जरुरी सूचना।

लिङ्कः legal.nepalconsular.gov.np/urgent-rescue

 

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha