-नवीनसञ्चार सम्वाददाता
काठमाडौँ ।
फागुन २१ गते हुन गईरहेको प्रतिनिधी सभाको निर्वाचनको पूर्वसन्ध्यामा मतदातालाई अवान्छित तरिकाले प्रभावमा पार्न आर्थिक चलखेल लगायतका कार्य भएकोमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले चिन्ता व्यक्त गरेको छ । यो परिपाटीले भ्रष्टाचारको दलदलबाट देश माथी उठ्न नसक्ने टिआई नेपालले ठहर गरेको छ ।तसर्थ, यस्ता गैरकानुनी तथा भ्रष्टाचारलाई प्रश्रय दिने अपराधिक कार्य भए नभएकोवारे सरकार, निर्वाचन आयोग र सरोकारवालाबाट प्रभावकारी निगरानी तथा निष्पक्ष जाँचबुझ भई कडा कारवाही गरिनुपर्ने संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘देशले अकल्पनिय जनधनको क्षती व्यहोरेको पृष्ठभूमिमा हुन लागेको यस निर्वाचनको परिणामले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनको जग बसाल्न सक्ने प्रत्याभूती दिन सकोस् भन्ने तर्फ सबैले आआफ्नो कर्तव्यबोध र जिम्मेवारी निभाउन ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल जोडदार अपिल गर्दछ । ‘-विज्ञप्तिमा भनिएको छ ।