-नवीनसञ्चार सम्वाददाता
काठमाडौँ ।
वैदेशिक रोजगार विभागले मध्यपूर्वमा उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलमा श्रम स्वीकृति स्थगित गरेको जनाएको छ । त्यहाँ वैदेशिक रोजगारीमा जाने कामदारहरूले अर्को सूचना जारी नभएसम्म व्यक्तिगत वा संस्थागत कुनै पनि प्रकारको श्रम स्वीकृति पाउने छैनन् । क्षेत्रमा विद्यमान असहज परिस्थिति र कामदारहरूको सुरक्षालाई ध्यानमा राखेर यो कदम चालिएको हो ।
