आइतवार, फाल्गुन १७, २०८२ | March 1, 2026

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद सचिव पदमा राजेन्द्र अर्यालको उम्मेद्वारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद सचिव पदमा राजेन्द्र अर्यालको उम्मेद्वारी घोषणा

  • Naveen Sanchar

  • शनिबार, फाल्गुन १६, २०८२

  • 52
    Views
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद सचिव पदमा राजेन्द्र अर्यालको उम्मेद्वारी घोषणा

नबिन सन्चार साउदी अरव
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको १२औँ बृहत् एकता महाधिवेशन आगामी मार्च १४–१६, २०२६ मा आयोजना हुँदैछ। सो महाधिवेशनलाई लक्षित गर्दै श्रम गन्तव्य मुलुकहरूमा कार्यरत श्रमजीवी नेपालीहरूको प्रतिनिधित्व गर्ने उद्देश्यसहित राजेन्द्र अर्यालले सचिव पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन्।

अर्यालले सुरक्षित, मर्यादित र व्यवस्थित वैदेशिक रोजगारको सुनिश्चितता, श्रमिक अधिकारको सुदृढीकरण तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको नेपालमा न्यूनतम लगानी सुनिश्चित गर्ने विषयलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्। उनले श्रमिक केन्द्रित नीतिगत पहल, वैदेशिक रोजगार व्यवस्थापनमा सुधार तथा प्रवासी नेपालीहरूको आर्थिक–सामाजिक सशक्तीकरणमा आफू प्रतिबद्ध रहने बताएका छन्।

आफ्नो उम्मेद्वारीलाई सफल बनाउन अर्यालले गैरआवासीय नेपाली संघका अभियन्ता, अग्रज, सहकर्मी तथा शुभेच्छुक सबैमा समर्थन र सहयोगको अपिल गरेका छन्। उनले संघको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनबाट आफूलाई निर्वाचित गराई दिन आग्रह गर्दै श्रमजीवी प्रवासी नेपालीहरूको साझा आवाजलाई संस्थागत रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha